Mero Chitwan
एसीसी प्रिमियर कप : सेमिफाइनलमा आज नेपाल र यूएई आमनेसामने

काठमाडौं-एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले आज यूएईसँग खेल्दै छ । नेपाल समूह एको विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । यूएई भने समूह बीको उपविजेताका रूपमा सेमिफाइनल पुगेको हो । नेपाल र यूएईबीचको खेल अहिले बिहान ११ : ४५ मा हुँदैछ ।

समूह चरणको पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रन तथा तेस्रो खेलमा हङकङलाई ८ विकेटले हराएको थियो । यस्तै समूहको अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको थियो ।

 आजै हुने अर्को सेमिफाइनल खेलमा ओमन र हङकङ भिड्दैछन् । ओमन र हङकङबीचको खेल ४ : ४५ बाट सुरु हुनेछ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ०७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update