Mero Chitwan
खेलाडीले बल्ल पाउने भए घोषणा गरिएको नगद पुरस्कार, कसले कति पाउँछन् ?

काठमाडौँ-घोषणा गरेको लामो समयसम्म पनि पुरस्कार नपाउँदा निराश भएका खेलाडीलाई राहत मिल्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले खेलाडीलाई घोषणा गरिएको नगद पुरस्कारको रकम निकासा गर्ने निर्णय गरेको हो । 

सरकारले दुई करोड ९७ लाख १० हजार रुपैयाँ निकासा गर्ने निर्णय गरेको हो । यससँगै १९ औं एसियाली खेलकुदमा पदक विजेता खेलाडी र आईसीसी मेन्स टी–ट्वेन्टी विश्वकप एसिया छनोटमा उपविजेता बनेको नेपाली टोलीले पुरस्कार पाउने भएका छन् ।

कसले कति पाउने ?

एरिका गुरुङ(कराते)-१९ लाख ५० हजार- १९ औं एसियाडकी रजत विजेता

प्रशिक्षक कुशल श्रेष्ठ- २ लाख ३४ हजार

सहायक  प्रशिक्षक छोरी डंगोल, वीरकृष्ण शाही र व्यवस्थापक गोपाल वैद्य- १ लाख ९५ हजार

राष्ट्रिय महिला कबड्डी टिम- ४८ लाख १० हजार-एसियाडमा कास्य विजेता (१२ खेलाडीले जनही ३ लाख ९० हजार)

प्रमुख प्रशिक्षक पार्वती राई- २ लाख ६० हजार

सहायक प्रशिक्षक विष्णुदत्त भट्ट र व्यवस्थापक डिल्लीराम काफ्ले-जनही १ लाख ३० हजार 

तेक्वान्दोकी पलेशा गोवर्धन-१३ लाख-चौथो एसियाली पारा खेलकुद २०२२ मा कास्य विजेता

प्रमुख प्रशिक्षक कविराज नेगी लामा-२ लाख ६० हजार

टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठ-१ लाख ३० हजार

आईसीसी विश्वकप एसिया छनोटमा उपविजेता क्रिकेट टिम- २ करोड ४ लाख ७५ हजार (१५ खेलाडीले जनही १३ लाख)

प्रमुख प्रशिक्षक मोन्टी देसाई-३ लाख ९० हजार

टिम व्यवस्थापक सुमनराज कार्की, सहायक प्रशिक्षक वसन्त शाही र फिजियो विक्रम न्यौपाने-जनही १ लाख ९५ हजार 

 

 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  २१:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update