बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।
इन्डियन आयल कर्पोरेसनले नयाँ खरिद मूल्य बढाएर पठाएको भन्दै निगम सञ्चालक समिति बैठकले पेट्रोल लिटरमा १ रुपैयाँ र डिजेल/मट्टितेलमा २ रुपैयाँ बढाउने निर्णय गरेको हो ।
नयाँ मूल्य आइतबार राति १२ बजेबाट लागू हुने निगमले आइतबार विज्ञप्तिमार्फत जनाएको छ । नयाँ मूल्यअनुसार पेट्रोल लिटरको १६० र डिजेल/मट्टितेलमा लिटरको १४५ पर्नेछ ।
प्रकाशित मिति: आइतबार, असार १, २०८२ २३:११
प्रतिक्रिया दिनुहोस्