फुटपाथ कब्जामाथि भरतपुर महानगरको कडाइ, सामान जफत गर्न थालियो

चितवन-भरतपुर महानगरले फुटपाथ कब्जाविरुद्धको अभियान थालेको छ । नारायणगढका व्यवसायीहरूले फुटपाथ कब्जा गरेर व्यापार गर्न थालेपछि भरतपुर महानगर प्रहरीले फुटपाथमा राखेका सामान जफत गर्न थालेको हो ।
महानगर प्रहरी नायव उपरीक्षक कृष्णहरि ढकाल नेतृत्वको टोलीले नारायणगढको लायन्सचोकदेखि पुलचोकसम्मका क्षेत्रमा फुटपाथमा राखिएका सामान जफत गरेको हो ।
फुटपाथमा हिँड्दा समस्या हुने गरेको जनगुनासो आएपछि बाटोमा अवरोध गरेर राखिएका सामान जफत गर्न थालिएको महानगर प्रहरी नायव उपरीक्षक ढकालले जानकारी दिए ।
उनले कतिपय व्यवसायीलाई सचेत गरिएको भन्दै अटेर गर्नेहरूको सामान जफत गरिएको बताए । उनले फुटपाथमा सामान नराख्न सबै व्यवसायीहरूलाई आग्रह समेत गरेका छ्न ।
प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२ २२:४८
प्रतिक्रिया दिनुहोस्