
काठमाडौं। नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडी अर्यालसहित १८ जना विरूद्ध अख्तियार दूरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियार दूरूपयोग अनुसन्धान आयोगले नेपाल टेलिकममा बलिङ प्रणाली मर्मत सम्भारका नाममा भ्रष्टाचार भएको निश्कर्षसहित ३३ करोड बिगो दाबीसहित विषेश अदालतमा मुद्दा दायर गरेको छ । आयोगले टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडी, पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेलसहितलाई प्रतिवादी बनाएको छ । आरोपीहरूविरूद्ध ३३ करोडको बिगो मागदाबी गरिएको छ ।
नेपाल टेलिकमकमा बिलिङ प्रणाली पुरानो हुँदा फोन नलाग्ने, लागे पनि काटिने लगाएका समस्या भएपछि नयाँ प्रणाली जडान गर्नु पर्ने निर्णय भएको थियो । तर प्रबन्ध निर्देशक सहितको मिलेमतोमा पुरानै प्रणाली जडान गरेको एसिया इन्फनो कम्पनिलाई मर्मत सम्भारको जिम्मोवारी दिएको थियो ।
हरेक वर्ष ६५ करोड दिने भन्दै टेलिकमले मर्मतमा लागि बिना प्रतिस्पर्धा एसिया इन्फोलाई जिम्मा लगाएको थियो । नयाँ प्रणाली जडानका लागि टेण्डर प्रक्रिया समेत अगाडी बढीसकेको अवस्थामा सुनिल पौडेल प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेर आएपछि टेण्डरनै रोकिएको थियो ।
पुरानै विलिङ प्रणाली मर्मतका नाममा टेलिकमको रकम चुवाट भएको र त्यसवात ३३ करोड क्षति भएको दाबी अख्तियारले गरेको छ