Mero Chitwan
उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश खुसीप्रसाद थारूमाथि दुर्व्यवहार

काठमाडौं । उच्च अदालत जनकपुरधामको वीरगञ्ज इजलासका न्यायाधीश खुसीप्रसाद थारूमाथि दुर्व्यवहार भएको छ।

नेकपा बहुमतका कार्यकर्ताले न्यायाधीश थारूलाई दुर्व्यवहार गरेका हुन् । बहुमतका कार्यकर्ताले वीरगञ्जस्थित अस्थायी इजलासमै पुगेर न्यायाधीश थारूमाथि मोसो फालेको प्रहरीले जनाएको छ । 

न्यायधीश थारूसहितको इजलासले ज्यान मुद्दामा कारागारमा रहेका नेपाली कांग्रेस नेता मोहमद अफताब आलमलाई सफाइ दिने फैसला गरेको थियो । यसैबीच न्यायाधीशलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । 

नेकपा बहुमतका कार्यकर्ताहरू किशोर कुँवर, पदमबहादुर मगर र गर्भु महतोलाई पक्राउ गरिएको पर्सा प्रवक्ता किशोर लम्सालले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  २२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update