Mero Chitwan
तुलसीपुरमा बस दुर्घटना हुँदा ३० जना घाइते

दाङ । दाङको तुलसीपुर-१३ बखरीयामा यात्रुवाहक बस दुर्घटना हुँदा ३० जना यात्रु  घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । 

दाङ दंगीशरण गाँउपालिका गोल्टाकुरीबाट तुलसीपुर आउँदै गरेको ना४ख ४००१ नम्बरको यात्रुवाहक बस र तुलसीपुर-१३ बखरीयामा ब्रेकफेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते सबैलाई उपचारका लागि राप्ती प्रादेशीक अस्पताल तुलसीपुर पठाइएको र उपचार भइरहेको इलाका प्रहरी कार्यलय तुलसीपरका प्रहरी नायब निरीक्षक अनिलसिङ ठकुरीले जनाकारी दिनुभयो ।

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update