सरकार–शिक्षक वार्ता आज पनि निष्कर्षविहीन, सकारात्मक भएको शिक्षामन्त्रीको दाबी
मंगलबार, वैशाख १६, २०८२

नर्भिकमा पित्तथैली तथा मिर्गौलाको पत्थरीसम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने
मंगलबार, वैशाख १६, २०८२
नर्भिक इन्टरनेशनल अस्पतालले पित्तथैली तथा मिर्गौलाको पत्थरीसम्बन्धी निःशुल्क ओपीडी सञ्चालन गर्ने भएको छ । पछिल्लो समय पत्थरीसम्बन्धी स्वास्थ्य समस्या बढ्न थालेको अवस्थालाई दृष्टिगत गर्दै अस्पतालले पत्थरीसम्बन्धी निःशुल्क ओपीडी सञ्चालनमा ल्याउन लागेको हो ।

नवराज विक हत्या : २३ जनाको जन्मकैद सदर
मंगलबार, वैशाख १६, २०८२
उच्च अदालत सुर्खेतले जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनामा जिल्ला अदालतबाट प्रतिवादीहरूले पाएको जन्मकैदको सजाय सदर गरेको छ।

आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय
मंगलबार, वैशाख १६, २०८२
नेपाल शिक्षक महासंघले आन्दोलन र सरकारसँगको वार्तालाई सँगसँगै अघि बढाउने निर्णय गरेको छ। आज बसेको महासंघको विस्तृत बैठकले आन्दोलनसँगै वार्तालाई समेत अगाडि बढाउने निर्णय गरेको हो।

वैभव सूर्यवंशी बने टी–२० क्रिकेटमा कम उमेरमा शतक बनाउने खेलाडी
मंगलबार, वैशाख १६, २०८२
वैभव सूर्यवंशी पुरुष ट्वान्टी–२० क्रिकेटमा सबैभन्दा कम उमेरमा शतक बनाउने खेलाडी बनेका छन् । १४ वर्ष ३२ दिनका सूर्यवंशीले सोमबार ३५ बलमा शतक पूरा गरेपछि राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गरेको छ ।

चितवन निकुञ्जद्वारा राप्ती नदीमा गोहीका अण्डा सङ्कलन सुरु
सोमबार, वैशाख १५, २०८२
चितवन राष्ट्रिय निकुञ्जले सोमबारदेखि राप्ती नदीमा रहेका घडियाल गोहीका गुँडबाट अण्डा सङ्कलन सुरु गरेको छ । गोहीका १८ वटा गुँड पहिचान गरी ती गुँडबाट अण्डा सङ्कलन सुरु गरिएको निकुन्जले जनाएको छ ।

सत्र अर्बभन्दा बढी अवैध वित्तीय कारोबारमा संलग्न २१ जना पक्राउ
सोमबार, वैशाख १५, २०८२
अवैध वित्तीय कारोबारमा संलग्न रहेको अभियोगमा विभिन्न मनि ट्रान्सफरका संचालकहरू समेत गरी २१ जनालाई केन्द्रीय अनसुन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । उनीहरूले १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १ सय ७ रूपियाँ बराबरको कारोबार गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

भरतपुर महानगरद्वारा ‘सुत्केरी पोषण झोला’ कार्यक्रम सुरु
आइतबार, वैशाख १४, २०८२
सुत्केरी आमाहरुको लागि भरतपुर महानगरले ‘सुत्केरी पोषण झोला’ कार्यक्रम सुरु गरेको छ । भरतपुर १७ स्थित गुञ्जनगर स्वास्थ्य चौकीबाट महानगर प्रमुख रेनु दाहालले पौष्टिक आहारसहितको झोला वितरण गरी आइतबार कार्यक्रम सुरु गरेकी हुन् । कार्यक्रममा सुत्केरी २२ जना आमाहरुलाई पोषण झोला प्रदान गरिएको थियो ।

टिकटक बनाउन बोलाएर १४ वर्षीय बालकको गोली हानी हत्या
आइतबार, वैशाख १४, २०८२
टिकटक बनाउने बहानामा बोलाएर रौतहटमा एक बालकको गोली हानी हत्या भएको छ । प्रहरीका अनुसार १४ वर्षीय बालकलाई टिकटक बनाउन जाने भन्दै घरबाट बोलाएर चाँदी खोलामा पुर्याई हत्या गरेको पाइएको हो ।

शिक्षकको प्रदर्शनमा प्रहरी हस्तक्षेप, शिक्षक, प्रहरी र पत्रकारसहित २६ जना घाइते
आइतबार, वैशाख १४, २०८२
यसैबीच माओवादीले शिक्षकमाथि भएको हस्तक्षेपको विरोध गरेको छ । प्रवक्ता अग्नि सापकोटाले आइतबार विज्ञप्ति जारी गरी समस्या सुल्झाउनभन्दा बल्झाउने काम गरेको आरोप लगाएका छन्।

एनएसएल : ललितपुर सिटी दोस्रो पटक बन्यो च्याम्पियन
शनिबार, वैशाख १३, २०८२
दशरथ रंशगालामा भएको खेलमा लिगदेखि अपराजित ललितपुरले पहिलो हाफमा एक गोलको अग्रता लिएको थियो । दोस्रो हाफमा पोखराले एक गोल फर्काए पनि खेलको ७४ औं मिनेटमा दोस्रो गोल गर्दै ललितपुरले जीत सुनिश्चित गर्यो ।

स्वर्णलक्ष्मी सहकारी प्रकरणमा कांग्रेस सांसद माया राई पक्राउ, भोलि अदालत उपस्थित गराइने
शनिबार, वैशाख १३, २०८२
उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको थियो । तर, उनलाई पक्राउ नगरेको भन्दै चौतर्फी आलोचना बढेपछि प्रहरीले शनिबार साँझ कपनस्थित घरबाटै पक्राउ गरेको हो ।