Mero Chitwan
मनहरीमा बसको ठक्करबाट म्याजिक चालकको मृत्यु, स्थानीयद्वारा राजमार्ग अवरुद्ध
मनहरीमा बसको ठक्करबाट म्याजिक चालकको मृत्यु, स्थानीयद्वारा राजमार्ग अवरुद्ध मकवानपुरको मनहरी गाउँपालिका–६, लोथर बजारमा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 
एसईईका विद्यार्थीले घर फर्कने गाडी नपाए काठमाडौँ महानगर प्रहरी बलले सहयोग गर्ने
एसईईका विद्यार्थीले घर फर्कने गाडी नपाए काठमाडौँ महानगर प्रहरी बलले सहयोग गर्ने काठमाडौंमा आज राजतन्त्रपक्षधर र गणतन्त्रपक्षधर समाजवादी मोर्चा दुवैले एकैसाथ प्रदर्शन गर्न लागेका बेला सवारी साधन कम गुडेका छन् । त्यसको प्रत्यक्ष मारमा एसईई परीक्षा दिने विद्यार्थी परेका छन् ।
आज काठमाडौंमा राजतन्त्र र गणतन्त्रपक्षधरको एकसाथ प्रदशर्न,  सुरक्षा व्यवस्थामा कडाइ, ३५ सयभन्दा बढी प्रहरी परिचालन
आज काठमाडौंमा राजतन्त्र र गणतन्त्रपक्षधरको एकसाथ प्रदशर्न, सुरक्षा व्यवस्थामा कडाइ, ३५ सयभन्दा बढी प्रहरी परिचालन काठमाडौंमा आज राजतन्त्रपक्षधर र गणतन्त्रपक्षधर समाजवादी मोर्चाले एकसाथ प्रदर्शन गर्दैछन् । नवराज सुवेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समिति र नेकपा माओवादी केन्द्रसहितको समाजवादी मोर्चाले एकै साथ प्रदर्शन गर्न लागेका हुन् ।
विपक्षीलाई ओलीको चेतावनी-प्रधानमन्त्रीबारे जथाभावी नबोल्नुस्
विपक्षीलाई ओलीको चेतावनी-प्रधानमन्त्रीबारे जथाभावी नबोल्नुस् एमाले निकट युवा संघले तीनकुनेस्थित रोयल पार्टी प्यालेसमा आयोजना गरेको ‘राष्ट्रिय स्वयंसेवक भेला’ लाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले नियुक्ति गरेपछि त्यो  प्रसंग सकिने बताएका हुन् । विपक्षी दलले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गर्दै सदन अवरुद्ध बनाइरहेका बेला ओलीले उक्त कुरा बताएका हुन् ।
कुलमान घिसिङ प्रकरणमा विपक्षीले मागे प्रधानमन्त्रीको जवाफ
कुलमान घिसिङ प्रकरणमा विपक्षीले मागे प्रधानमन्त्रीको जवाफ नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउनुको कारणबारे प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलले अवरोध गरेपछि प्रतिनिधि सभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक विपक्षी दलहरूले संसद् अवरोध गर्ने जनाएपछि केही ढिला गरी बस्यो । 
अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु
अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु अर्घाखाँचीको सुपादेउरालीको दर्शन गरेर फर्किंदै गरेको लु २ ख ३०३ नम्बरको बस शितगंगा नगरपालिका २ भुवनपाटास्थित गोरूसिंगे सन्धिखर्क सडकखण्डमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका इन्स्पेक्टर विष्णुप्रसाद पौडेलले जानकारी दिए।
राजसंस्था र हिन्दू राष्ट्रका लागि राप्रपा पनि आन्दोलनमा, २६ गते काठमाडौंमा जनप्रदर्शन गर्ने
राजसंस्था र हिन्दू राष्ट्रका लागि राप्रपा पनि आन्दोलनमा, २६ गते काठमाडौंमा जनप्रदर्शन गर्ने आज बसेको आन्दोलन मुल समितिको बैठकले वैशाख ७ बाट निरन्तर राजधानीकेन्द्रित आन्दोलन गर्ने निर्णय लिएको अध्यक्ष राजेन्द्र लिङदेनले बताएका हुन्। उनले राप्रपा आजैबाट आन्दोलनमा होमिएको पनि बताए ।  
एसियन कप छनोट : नेपाल मलेसियासँग पराजित
एसियन कप छनोट : नेपाल मलेसियासँग पराजित खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता लिएको थियो । हेक्टर हेभलले गोल गर्दै मलेसियालाई खेलमा अघि बढाएका थिए । पेनाल्टी क्षेत्र बाहिरबाट उनले गरेको प्रहार डिफेन्डरलाई लाग्दै गोलमा परिणत भएको थियो ।
विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक शाक्यले भने- घरायसी ग्राहकहरूमा लोडसेडिङ हुँदैन
विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक शाक्यले भने- घरायसी ग्राहकहरूमा लोडसेडिङ हुँदैन नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङ हुन्छ भनेर भएको हल्ला निराधार भएको दाबी गरेका छन्।
एएफसी एसियन कप छनोट : नेपालले आज मलेसियासँग खेल्दै
एएफसी एसियन कप छनोट : नेपालले आज मलेसियासँग खेल्दै एएफसी एसियन कप–२०२७ अन्तर्गत अन्तिम चरणको छनोट खेलमा नेपालले आज मलेसियासँग खेल्दैछ । खेलमा नेपाल उत्कृष्ट प्रदर्शन गर्दै जितको लय कायम राख्ने लक्ष्यमा छ । मलेसिया जानुअघि नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिङ्गापुरलाई १–० गोलले हराएको थियो । 
सत्तारुढ कांग्रेसकै महामन्त्री गगन थापाले भने–कुलमानलाई बर्खास्त गर्ने निर्णय गलत भो
सत्तारुढ कांग्रेसकै महामन्त्री गगन थापाले भने–कुलमानलाई बर्खास्त गर्ने निर्णय गलत भो कांग्रेस महामन्त्री गगन थापाले सामाजिक सञ्जालमार्फत् सरकारको निर्णय गलत रहेको उल्लेख गर्दै सरकार उल्टो बाटोमा हिडेको बताएका हुन् । उनले आमनागरिकमा असन्तुष्टि बढिरहेको अवस्थमा सरकारले भने आफैँ असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गरेको बताएका हुन् । 
कुलमानलाई बर्खास्त गर्ने निर्णयविरुद्ध प्रतिरोध गर्न माओवादी अध्यक्ष दाहालको आह्वान
कुलमानलाई बर्खास्त गर्ने निर्णयविरुद्ध प्रतिरोध गर्न माओवादी अध्यक्ष दाहालको आह्वान प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णयको कडा विरोध जनाएका छन् । 
Weather Update