सौराहामा हात्तीलाई खुवाइयो वनभोज
शनिबार, पुस १३, २०८१

आइतबारदेखि मौसम सुधार हुने
शनिबार, पुस १३, २०८१
शुक्रबार रातिदेखि बदली भएको मौसम आइतबारदेखि सुधार हुने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहानदेखि मौसम क्रमशः सुधार हुँदै जाने जानकारी गराएको हो ।

नक्कली डाक्टर बनेर लुटपाट गरेपछि...
शुक्रबार, पुस १२, २०८१
जो कोही बिरामीले चिकित्सकलाई ठूलो भरोसा गरेका हुन्छन् । तर चिकित्सक नै लुटेरामा परिणत भएमा कस्तो होला ? यस्तै घटना ललितपुरमा घटेको छ ।

जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको 'ट्रफी परेड'
शुक्रबार, पुस १२, २०८१
नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडीहरु आज जनकपुरधाममा ‘ट्रफी परेड’मा सहभागी भएका छन् ।

बिजुलीकलीलाई हात्ती सुन्दरी प्रतियोगिताको उपाधि
शुक्रबार, पुस १२, २०८१
चितवनको सौराहामा जारी १८औँ हात्ती एवं पर्यटन महोत्सवको दोस्रो दिन आयोजित हात्ती सुन्दरी प्रतियोगिताको उपाधि २५ वर्षीया ‘बिजुलीकली’ ले जितेको छ ।
सम्पदालाई न्यायोचित रुपमा प्रयोग गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह
बिहीबार, पुस ११, २०८१
उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालका सम्पदालाई न्यायोचित रुपले बढीभन्दा बढी प्रयोग गर्नुपर्ने बताएका छन् । चितवनको सौराहामा सुरु भएको १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै उनले नेपालमा भएका संस्कृति र सम्पदाको न्यायोचित प्रयोग गर्न आवश्यक रहेको बताएका हुन्।

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
बिहीबार, पुस ११, २०८१
चितवनको पर्यटकीय क्षेत्र सौराहामा बिहीबारदेखि १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु भएको छ । क्षेत्रीय होटेल सङ्घ नेपाल चितवनको आयोजनामा सुरु भएको महोत्सवको उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गरे। उक्त अवसरमा मन्त्री सिंहले महोत्सवलाई वन्यजन्तुमैत्री बनाउँदै पर्यटन प्रवर्द्धन बनाउनुपर्नेमा जोड दिए ।

कामका लागि म्यानमार पुगेका १४ जना नेपाली अलपत्र
बिहीबार, पुस ११, २०८१
आन्तरिक द्वन्द्वमा फसेको म्यानमारमा नजान र गएकाहरुलाई पनि सावधान रहन नेपाल सरकारले एडभाइजरी समेत जारी गरिसकेको अवस्थामा १४ नेपाली सीमा क्षेत्रमा अलपत्र परेका हुन् ।

गौतमबुद्ध रङ्गशालामा यू-१९ महिला खेलाडीको प्रशिक्षण सुरु
बुधबार, पुस १०, २०८१
मलेसियामा हुने यू-१९ महिला विश्वकपको तयारीका लागि नेपाली खेलाडीले प्रशिक्षण सुरु गरेका छन् । चितवनको भरतपुर महानगरपालिका-१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमुना खेल मैदानमा बुधबारदेखि प्रशिक्षण सुरु भएको हो ।

बेलुन महोत्सवले पोखराको पर्यटनमा थपियो रौनकता
बुधबार, पुस १०, २०८१
पर्यटकीय राजधानी पोखरामा सुरु भएको मुलुककै पहिलो अन्तर्राष्ट्रिय बेलुन महोत्सवले पोखराको पर्यटनमा थप रौनकता ल्याएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२५ र क्रिसमसलाई लक्षित गरी फेवाताल किनारमा सुरु भएको यो महात्सवले पोखरामा चहलपहल थपिएको हो ।

एमालेमा भीम रावल निष्कासित, विन्दा पाण्डे र उषाकिरण तिम्सेना ६ महिनाका लागि निलम्बन
बुधबार, पुस १०, २०८१
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको एमाले सचिवालय बैठकले पार्टीविरुद्ध गतिविधि गरेको भन्दै पूर्वउपाध्यक्ष रावललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको हो ।

शुक्रबारदेखि पुनःबदली र वर्षा हुने
बुधबार, पुस १०, २०८१
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबार रातिदेखि पुनः बदली र वर्षाको हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर
मंगलबार, पुस ९, २०८१
हिमाली जिल्ला हुम्लामा पुनः दोस्रो पटक हिमपात हुँदा अन्तर जिल्ला जोड्ने छोटो दूरीको हवाई सेवा अवरूद्ध भएको छ । सोमबार रातिदेखि जिल्लामा हिमपात हुँदा हवाई सेवा अवरूद्ध हुन पुगेको हो ।