Mero Chitwan
पूर्वराष्ट्रपति भण्डारीले भनिन्-मलाई पार्टी सदस्य हुनबाट वञ्चित गर्न मिल्दैन

काठमाडौँ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई पार्टी सदस्य हुनबाट कसैले रोक्न नमिल्ने बताएकी छन् । 

नेकपा एमालेले आफ्नो सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि पहिलोपटक आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति भण्डारीले आफू एमाले सदस्य नै रहेको दाबी गर्दै आफूलाई सदस्य हुनबाट कसैले वञ्चित गर्न नमिल्ने जिकिर गरेकी हुन् ।  'मैले पार्टी सदस्य भएको ४५ वर्ष भयो । पार्टीप्रति निष्टावान हुँदाहुँदै पनि मलाई कसैले सदस्य हुनबाट कसैले वन्चित गर्न मिल्दैन,' उनले भनिन् ।

उनले आफूले एमालेमा सदस्यता नवीकरण गरिसकेको र आफू अहिले पनि एमालेमै आबद्ध रहेको पनि बताइन् । 

भण्डारीले एमालेको संकुचित र अपरिपक्व निर्णयले आफूलाई दुःखी तुल्याएको भन्दै पार्टी राजनीतिमा आउनु आफ्नो संवैधानिक अधिकार भएको दाबी पनि गरिन् ।  

तत्कालीन समय कोशी सगरमाथा इन्चार्ज रहेका मदन भण्डारीसँग आफूले पार्टी सदस्यताको शपथ लिएको पनि उनले सुनाइन् । 'जननेता मदन भण्डारीले समृद्ध नेपाल सुखी नेपाली कसरी बनाउन सकिन्छ भनेर जनताको बहुदलीय जनवाद कार्यक्रम ल्याउनुभएको थ्यो । हामीले त्यसको आदर्श मर्मअनुसार कार्यक्रम गर्ने हो,' उनले भनिन् ।

bhandari1-1753441374.jpg

bhandari2-1753441375.jpg

 

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update