Mero Chitwan
कति कमायो क्यानले एनपीएलको पहिलो संस्करणबाट ?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणबाट प्राप्त आय-व्ययकाे विवरणकाे सार्वजनिक गरेको छ। बिहीबार मूलपानीमा बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले एनपीएलको पहिलो संस्करणबाट प्राप्त आय-व्ययकाे विवरण सार्वजनिक गरेको हाे । 

क्यानको केन्द्रीय कार्यसमिति बैठकले एनपीएलकाे पहिलो संस्करणमा कुल आम्दानी २७ करोड ६९ लाख ६४ हजार ८१८ रूपैयाँ रहेको जानकारी दिएको हो।

कुल खर्च २० करोड १५ लाख ७३ हजार ५५९ रूपैयाँ रहेको प्रतियोगिताबाट क्यानले ७ करोड ५३ लाख ९१ हजार २५९ रूपैयाँ मुनाफा आर्जन गरेको छ।

प्राप्त नाफामध्ये ८ वटा फ्रेन्चाइज टोलीहरूलाई ५० प्रतिशत राजस्व बाँडफाँड गरिएको छ । जसअनुसार टोलीहरूले कूल ४ करोड ३७ लाख ४० हजार ४७० रूपैयाँ प्राप्त गरेका छन्।

राजस्व बाँडफाँडपछिको क्यानको शुद्ध नाफा २ करोड ४६ लाख ५० हजार ७८९ रूपैयाँ रहेको क्यानद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।

npl-1753979794.jpg
npl-1753979794.jpg
 

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  २२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update