बागमतीमा अर्को ट्वीस्ट : मुख्यमन्त्री लामाले नियुक्त गरे ३ मन्त्री

काठमाडौँ — बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले ३ जना मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री लामाले बुधबार गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका हुन् ।
लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने माया श्रेष्ठ र गीता गुरूङको जिम्मेवारी भने तोकिन बाँकी छ ।
बागमतीमा कांग्रेसले सम्हालेका ५ मन्त्रीले राजीनमा दिएका थिए । राजीनामासँगै ५ मन्त्रालय मन्त्रीविहीन थिए । साउन ९ गते चार जना र १३ गते १ जना मन्त्रीले राजीनामा दिएर लामाविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।
प्रकाशित मिति: बुधबार, साउन १४, २०८२ १०:२४
प्रतिक्रिया दिनुहोस्