
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी-नाउपाले आफ्ना संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई पदमुक्त गरेपछि उक्त पार्टीमा विवाद चर्किएको छ ।
रेशम पक्षीय बहुमत केन्दीय सदस्यहरूको निर्णयबाट श्रेष्ठलाई हटाउने प्रस्ताव पारित गरिएको हो ।
यद्यपि पार्टीले निर्णय लिइसके पनि कानुनी बाध्यता र निर्वाचन आयोगले गर्नसक्ने निर्णयलाई आधार बनाएर थप निर्णय आज बिहीबार हुने सो पार्टीका नेताहरूले बताएका छन् ।अध्यक्ष श्रेष्ठ पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेपछि विवाद चर्किएको थियो ।
बास्तोलालाई कार्यवाहक अध्यक्ष बनाइएपछि पार्टीका संरक्षक रेशम चौधरीसहितका नेताहरू असन्तुष्ट थिए । रञ्जिता पक्षले भने विधानमा अध्यक्षलाई हटाउने प्रावधान नरहेको भन्दै त्यसको प्रतिवाद गर्ने जनाएको छ । केही नेताहरूको उपस्थितिमा गरिएको कारवाही मान्य नहुने चेतावनी दिएका छन् ।