Mero Chitwan
आज तिहारको तेस्रो दिन बिहान कुकुर र साँझ लक्ष्मीको पूजा आराधना गरिँदै
आज तिहारको तेस्रो दिन बिहान कुकुर र साँझ लक्ष्मीको पूजा आराधना गरिँदै   यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन छ । यसो गरेमा शरीर स्वस्थ हुने आयुर्वेदिक मत आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउनुहुन्छ । यसैले तिहार स्वास्थ्य सुरक्षाका दृष्टिले पनि महत्त्वपूर्ण पर्वका रूपमा मनाइन्छ ।
ज्येष्ठ नागरिकका लागि हवाई टिकटमा ८० प्रतिशतसम्म छुटको व्यवस्था
ज्येष्ठ नागरिकका लागि हवाई टिकटमा ८० प्रतिशतसम्म छुटको व्यवस्था   नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक एवं इञ्जिनियर प्रदीप अधिकारीको अध्यक्षतामा वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष र नेपालका आन्तरिक वायुसेवा सञ्चालक कम्पनीका प्रतिनिधिबीच भएको बैठकले उक्त निर्णय गरेको हो ।
प्रधानमन्त्रीद्वारा सात राजनीतिक दललाई निर्वाचनमा छलफल गर्न पत्राचार
प्रधानमन्त्रीद्वारा सात राजनीतिक दललाई निर्वाचनमा छलफल गर्न पत्राचार प्रधानमन्त्री सुशीला कार्कीले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका सात राजनीतिक दललाई आगामी फागुन २१ गते निर्धारित निर्वाचनका सम्बन्धमा छलफल गर्न आमन्त्रण गर्नुभएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट निवेदन दर्ता भएका छन् । यसअघि ११ रिट निवेदन दर्ता भएका थिए । 
नर्भिक अस्पतालले बढायो नर्सको तलब
नर्भिक अस्पतालले बढायो नर्सको तलब अस्पतालले विज्ञप्ति जारी गर्दै बिरामीको सेवामा अहोरात्र खटिने नर्सिङ कर्मचारीको भूमिकालाई उच्च कदर गर्दै पारिश्रमिक वृद्धि गरेको जानकारी दिएको हो । अस्पतालले स्नातक तह अध्ययन गरेका नर्सिङ कर्मचारीको पारिश्रमिक वृद्धि गरी न्युनतम तलब ३७ हजार  कायम गरेको छ । 
गुञ्जिन थाले तिहारका गीत
गुञ्जिन थाले तिहारका गीत चलचित्र ‘स्वर्ग’मा समावेश ‘तिहारै आयो लौ झिलीमिली’ यो गीत सुनेपछि तिहार आएको आभास हुन्छ । यो गीत तिहारमा गाउँदेखि सहरसम्म गुञ्जिने गर्छ । पच्चीस वर्षदेखि यो गीत सबैको रोजाइमा परिरहेको छ । अभिनेता शिव श्रेष्ठ र अभिनेत्री गौरी मल्ल प्रस्तुत हुनुभएको गीतमा लोचन भट्टराई र नुतन प्रधानले स्वर दिनुभएको छ...
कार्तिक कृष्ण त्रयोदशी : आज काग तिहार मनाइँदै
कार्तिक कृष्ण त्रयोदशी : आज काग तिहार मनाइँदै बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिनुभयो । 
प्रत्यक्ष कार्यकारीको ‘बटमलाइन’ पूरा नभएसम्म ढुङ्गाना समूह चुनावमा सहभागी नहुने
प्रत्यक्ष कार्यकारीको ‘बटमलाइन’ पूरा नभएसम्म ढुङ्गाना समूह चुनावमा सहभागी नहुने  ‘जेनजी’ आन्दोलनका अगुवा मिराज ढुङ्गाना समूहले प्रत्यक्ष कार्यकारीको ‘बटमलाइन’ पूरा नभएसम्म निर्वाचनमा भाग नलिने जनाएको छ ।
 यमपञ्चक सुरु, घरघरमा यमदीपदान
 यमपञ्चक सुरु, घरघरमा यमदीपदान  कार्तिक कृष्ण त्रयोदशीको साँझ आज यमदीपदान सुरु गरेसँगै यस वर्षको तिहार अर्थात् यमपञ्चक आरम्भ भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमयातना भोग्नु नपरोस् भनी यमदीपदान गरिन्छ । 
एमाले बैठक : केपी ओलीको राजनीतिक प्रतिवेदन सुझावसहित पारित
एमाले बैठक : केपी ओलीको राजनीतिक प्रतिवेदन सुझावसहित पारित नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको आज सम्पन्न दसौँ पूर्ण बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत मुलुकको राजनीतिक परिस्थिति र पार्टीको नीतिसम्बन्धी विशेष प्रस्ताव र समसामयिक २२ बुँदे प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
साउनयता चार गैँडा मरे
साउनयता चार गैँडा मरे निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार मृत भेटिएका गैँडामध्ये तीन वटा प्राकृतिक कारणले मरेका हुन् भने एउटा विद्युतीय करेन्ट लागेर मरेको हो । पछिल्लो पटक अमलटारी क्षेत्रमा २५ वर्षको गैँडा मृत भेटिएसँगै यस वर्ष चार पुगेको हो ।
टी-२० विश्वकप छनोटमा अपराजित रहँदै च्याम्पियन बन्यो नेपाल
टी-२० विश्वकप छनोटमा अपराजित रहँदै च्याम्पियन बन्यो नेपाल शुक्रबार भएको खेलमा सामोआलाई १ सय २४ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । नेपालले जितेको आईसीसीको यो पहिलो प्रमुख उपाधि हो । ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट ग्राउन्डमा सामोआले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएपछि नेपाल पहिले ब्याटिङमा उत्रियो । 
Weather Update