रत्ननगरलाई शिक्षकहरुको पेशागत सुरक्षाबारे ध्यानाकर्षण पत्र
बिहीबार, माघ ३, २०८१

पुलिसले जित्यो जय ट्रफीको उपाधि
बिहीबार, माघ ३, २०८१
वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा आज भएको फाइनलमा पुलिसले आर्मीलाई २८ रनले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । पुलिसले दिएको एक सय तीन रनको लक्ष्य पछ्याएको आर्मी तेस्रो दिनको दोस्रो सेसनमा २९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ७४ रनमा समेटियो ।

सैफ अलि खानमाथि मध्यरातमा चक्कु प्रहार, अवस्था खतराबाहिर
बिहीबार, माघ ३, २०८१
खानको घाँटी, ढाड, हात र टाउकोमा चोट लागेको छ । घटनालगत्तै उनलाई लीलावती अस्पताल पुर्याइएको थियो । अस्पतालमा शल्यक्रियापछि उनको अवस्था खतराबाहिर रहेकाे भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

उर्जामन्त्री दीपक खड्कामाथि मन्त्रालयमै आक्रमणको प्रयास !
बिहीबार, माघ ३, २०८१
मन्त्री खड्कामाथि केही दिनअघि सिंहदरबारस्थित उर्जा मन्त्रालयमै आक्रमणको प्रयास भएको हो । बुढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा आज भएको पार्टी पदाधिकारीसहित सरकारमा सहभागी मन्त्रीसँगको बैठकमा खड्काले आफूमाथि मन्त्रालयमै आक्रमणको प्रयास भएको बताएका हुन् ।

पेट्रोलियम पदार्थको मूल्य बढ्यो
बुधबार, माघ २, २०८१
निगम सञ्चालक समितिको आजको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्यमा मूल्य प्रतिलिटर तीन रुपैयाँ बढाएको हो ।

६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
बुधबार, माघ २, २०८१
बुधबार थुनछेक बहसपछि अदालतले सभापति लामिछानेलाई सहकारी ठगी प्रकरणमा ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको उक्त आदेशानुसार उनी धरौटी बुझाएर रिहा भएका हुन् ।

विपिन जोशीको रिहाइको प्रयासमा परराष्ट्रमन्त्री
मंगलबार, माघ १, २०८१
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमाससँग सम्पर्कमा रहेका र युद्धविरामका लागि मध्यस्थता गरिरहेका देशहरुलाई जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन आग्रह गरिरहेकी छन् । यसै क्रममा उनले आज बिहान कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल–खुलाइफीसँग फोनवार्ता गरेकी हुन् । मन्त्री खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्तिवार्ताका लागि प्रमुख...

गैँडाको आक्रमणबाट माडीमा एक जनाको मृत्यु
मंगलबार, माघ १, २०८१
जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रले नजिकैको जङ्गलमा भैँसी चराउन गएका उनलाई गैँडाले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको जानकारी दिए । उनका अनुसार मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
सोमबार, पुस २९, २०८१
विभिन्न आश्रमका पीठाधीश, सन्तमहन्त, भक्तजन, स्थानीय लगायतको सहभागितामा चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटको बेनीमा माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । नेपाल सन्त समाजका अध्यक्ष ज्ञानानन्द सरस्वती, महेश सन्यास आश्रमका पीठाधीश रमणानन्द गिरी सो अवसरमा उपस्थिति रहेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताए । .

दुग्ध उत्पादक किसानलाई शीघ्र भुक्तानी दिइने
सोमबार, पुस २९, २०८१
केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेड नेपालको ३० औँ वार्षिक साधारणसभाको पोखरामा उद्घाटन गर्दै उनले एक-डेढ महिनाभित्र भुक्तानी समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । “उद्योगले किसानको दूधको भुक्तानी नगर्ने कारण खोजेर समस्या समाधानका लागि पहल गरिरहेका छौँ । आफूले नगदमा बिक्री गर्ने तर किसानबाट उधारोमा दूध लिनु राम्रो होइन । कृषकले...

नेपाली विद्यार्थी विपिन जोशीको रिहाइको माग गर्दै इजरायलमा प्रदर्शन
सोमबार, पुस २९, २०८१
प्यालेस्टिनी लडाकु समूह हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइको माग गर्दै इजरायलको तेल अभिभमा हजारौं इजरायली नागरिकले प्रदर्शन गरेका छन् ।

स्वस्थानी व्रत कथा आजदेखि सुरु
सोमबार, पुस २९, २०८१
बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । साँझ स्कन्दपूराणको केदारखण्डअन्तर्गत माघ महात्म्यको कुमार र अगत्स्यबीच संवाद भएको स्वस्थानी व्रत कथा घर घरमा सुन्ने र सुनाउने गरिन्छ ।

‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन
सोमबार, पुस २९, २०८१
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा शेर्पाको निधन भएको खुम्बु पासाङल्हामु गाउँपालिका–१ का वडाअध्यक्ष फुनुरु शेर्पाले पुष्टि गरे ।