संसद् विघटन गरेकोमा माओवादीको असहमति

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले संसद् भंग गरी छ महिनाभित्र निर्वाचन सम्पन्न गराउने गरी सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेकोमा माओवादी केन्द्रले असहमति जनाएको छ ।
मुलुकको वर्तमान परिस्थितिलाई लिएर पार्टी केन्द्रीय कार्यालय (पदाधिकारीहरू)को आकस्मिक भर्चुअल बैठकले संविधान विपरीत वर्तमान संसद्लाई भंग गरेको भन्दै असहमति जनाएको हो ।
प्रवक्ता अग्नि सापकोटाले भने,'बैठकले वर्तमान परिस्थितिको विश्लेषण गर्दै मुलुकको संवैधानिक व्यवस्था विपरीत जसरी वर्तमान संसद्लाई विघटन गर्ने निर्णय गरिएको छ । उक्त निर्णयप्रति हाम्रो पार्टीको गम्भीर रूपमा असहमति रहेको निर्णय गरेको छ।
प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२ २३:२१
प्रतिक्रिया दिनुहोस्