बिपी राजमार्गमा साउनभर राति सवारी आवागमन बन्द
बुधबार, असार ३२, २०८२
सिरियाली सैन्य मुख्यालयमा इजरायलको भिषण आक्रमण
बुधबार, असार ३२, २०८२
इजरायली सेनाले सिरियाको राजधानी दमास्कसस्थित सिरियाली सेनाको मुख्यालय र राष्ट्रपति भवन क्षेत्रमा भिषण आक्रमण गरेको छ । दक्षिण पश्चिम सिरियाको ड्रुज समुदायका मानिसहरुको रक्षा गर्ने प्रयासस्वरुप आक्रमण गरिएको सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर ५ वर्षीया बालिकाको मृत्यु
बुधबार, असार ३२, २०८२
भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीमा खसेर ५ वर्षकी बालिकाको मृत्यु भएको छ ।
इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय सुन्तलाका बिरुवा वितरण
सोमबार, असार ३०, २०८२
शाखा अधिकृत समिक्षा पौडेलका अनुसार कलमी बिरुवा दुई हजार पाँच सय र बिज बिरुवा १५ हजार वितरण गरिएको हो । सुन्तलाको क्षेत्र विस्तार तथा नमूना बगैँचा बनाउने योजनाका साथ सुन्तलाका बिरुवा वितरण गरिएको हो । प्रदेश सरकारले सुन्तला प्रवद्र्धन कार्यक्रमलाई सहयोग गरेको उनले बताइन् ।
बिमा प्राधिकरणका अध्यक्ष ओझामाथि छानबिन गर्न समिति गठन
सोमबार, असार ३०, २०८२
सरकारले नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न समिति गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष ओझाको योग्यताबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको हो ।
साउन २ गतेसम्म शिक्षा ऐन पास नभए फेरि आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी
आइतबार, असार २९, २०८२
पाल शिक्षक महासंघले साउन २ गतेसम्म विद्यालय शिक्षा ऐन पास नभए फेरि आन्दोलनमा जाने चेतावनी दिएको छ । साउन २ गतेसम्म पर्खिने र त्यतिबेलासम्म पनि पास नभए त्यही दिन पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने महासंघले जनाएको छ ।
बल्ल आयो काठमाडौँ महानगरको बजेट, के-के छन् प्राथमिकता ?
आइतबार, असार २९, २०८२
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट ल्याएको छ । महानगरले पूर्वाधार निर्माण, फोहरमैला व्यवस्थापन, शिक्षा, स्वास्थ्य, सम्पदा र उत्पादनमा जोड दिँदै नयाँ बजेट ल्याएको हो ।
लण्डन वेम्बलीमा १२ वर्षपछि इतिहास दोहोर्याउँदै नेपथ्य
आइतबार, असार २९, २०८२
साढे तीन दशकदेखि फरक–फरक नेपाली पुस्ताबीच लोकप्रियता आर्जन गर्दै आएको यो साङ्गीतिक समूह आगामी अगस्ट ९ को बेलुकी बेलायतको सुप्रसिद्ध वेम्बली एरिनामा प्रस्तुत हुँदै छ । यो त्यही मञ्च हो, जहाँ सन् २०१३ अगस्टकै ३ तारिखमा ब्यान्डले अपूर्व सफलता हासिल गरेको थियो ।
साफ यू-२० च्याम्पियनसिप : नेपाल बंगलादेशसँग ३-२ गोलअन्तरले पराजित
आइतबार, असार २९, २०८२
बंगलादेशमा जारी साफ महिला अन्डर-ट्वेन्टी च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपाल आयोजक बंगलादेशसँग ३-२ गोलले पराजित भएको छ । ढाकाको बसुन्धारा किंग्स एरिनामा भएको खेलमा दुई गोलले पछि परेको नेपालले पुनरागमन गरे पनि जित हासिल गर्न सकेन ।
नर्भिकमा फोक्सोको समस्या पत्ता लगाउने इन्डोब्रोङकियल अल्ट्रासाउन्ड सुरु
शनिबार, असार २८, २०८२
नर्भिक इन्टरनेशनल अस्पतालमा पहिलो पटक फोक्सोको समस्या पत्ता लगाउने अत्याधुनिक परीक्षण इन्डोब्रोङकियल अल्ट्रासाउन्ड (इबस) सुरु गरिएको छ । सिनियर कन्सल्टेन्ट पल्मोनोलोजिस्ट डा. अच्युतभक्त आचार्यको नेतृत्वमा ‘इबस’ सेवाको सफल सुरुवात गरिएको हो ।
शेयर किनबेच र आवास कर्जाको सीमा बढाउँदै आयो मौद्रिक नीति
शुक्रबार, असार २७, २०८२
नेपाल राष्ट्र बैंकले उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राखेर शेयर किनबेच र आवास कर्जाको सीमा बढाउँदै आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।
काठमान्डु गोर्खाजको प्रशिक्षकमा मोन्टी देसाई
बिहीबार, असार २६, २०८२
काठमान्डु गोर्खाजले आउँदो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि मोन्टी देसाईलाई आफ्नो प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ । काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले बिहीबार समाजिक सञ्जालमार्फत मोन्टीको प्रशिक्षक नियुक्ति सार्वजनिक गरेको हो ।


