Mero Chitwan
विश्वकै वृद्ध व्यक्तिको निधन

एजेन्सी-सन् २०२२ मा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’ले विश्वकै सबैभन्दा वृद्ध व्यक्तिका रूपमा प्रमाणित गरेका भेनेजुएलाका जुआन भिसेन्ट पेरेज मोराको ११४ वर्षको उमेरमा निधन भएको छ ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सामाजिक सञ्जाल एक्समा शोक सन्देश जारी गर्दै जुआन भिसेन्ट पेरेज मोराको मंगलबार निधन भएको पुष्टि गरेका हुन् । 

पेरेज ११२ वर्ष २५३ दिनको उमेरमा रहेकै समय तत्कालीन समयमा जीवित व्यक्तिहरूमध्ये उनको नाम गिनिज बुक्समा विश्वकै सबैभन्दा वृद्ध व्यक्तिका रूपमा दर्ता भएको थियो । 

एघार सन्तानका पिता रहेका पेरेज मोराका सन् २०२२ सम्ममा तीन पुस्ता गरी ७१ जना पारिवारिक सदस्य थिए ।

टिओ भिसेन्टे को नामले चिनिने भेनेजुयली किसान पेरेज मोराको जन्म २७ मे १९०९ मा एन्डियन राज्य ताचिराको एल कोब्रे शहरमा भएको थियो र उनी १० सन्तानमध्ये नवौं सन्तान थिए । 

शुरूमा कृषकका रूपमा भूमि र पारिवारिक विवादहरू समाधान गर्न जिम्मेवार पेरेजले कानुन अधिकारीका रूपमासमेत काम गरेका थिए । 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  २२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update