Mero Chitwan
विश्वकै ठूलो लोकतन्त्र भारतमा लोकसभा  निर्वाचन सुरु

काठमाडौं- विश्वकै ठूलो लोकतन्त्र मानिएको भारतमाआज लोकसभा चुनावअन्तर्गत पहिलो चरणको मतदान सुरु भएको छ । यस चरणमा २१ राज्य र केन्द्र शासित प्रदेशका १०२ सिटमा मतदान हुनेछ। पहिलो चरणमा १६ सयभन्दा बढी उम्मेदवार चुनावी मैदानमा छन् ।

पहिलो  चरणमा नौ केन्द्रीय मन्त्री, दुई पूर्व मुख्यमन्त्री र एक पूर्व राज्यपाल प्रतिस्पर्धामा छन् । मतदान बिहान ७ बजेबाट सुरु भई बेलुकी ६ बजेसम्म चल्नेछ । आज अरुणाचल प्रदेश र सिक्किमको ९२ विधानसभा सिटमा पनि मतदान हुँदैछ ।

निर्वाचन आयोगका अनुसार पहिलो चरणमा १६ करोड ६३ लाखभन्दा बढी मतदाता छन् । जसमध्ये ८.४ करोड पुरुष र ८.२३ करोड महिला मतदाता छन्। जसमध्ये ३५.६७ लाख मतदाता छन् जसले पहिलो पटक मतदान गर्नेछन् । जबकि २० देखि २९ वर्ष उमेर समूहका मतदाता संख्या ३ करोड ५१ लाख छ । जसका लागि १ लाख ८७ हजार मतदान केन्द्र बनाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ०८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update