Mero Chitwan
युक्रेनी विदेश मन्त्रालयमा अब एआई प्रवक्ता

एजेन्सी-युक्रेनले विदेश मन्त्रालयको प्रवक्तामा एआई नियुक्त गरेको छ । प्रवक्ताको नाम भिक्टोरिया राखिएको छ । 

मन्त्रालयले आफ्ना विज्ञप्ति  पढ्नका लागि भिक्टोरियालाई प्रयोग गर्ने जनाएको हो। अँध्यारो रङको सुट लगाएकी प्रवक्ताले सामाजिक सञ्जालमा पोस्ट गरिएको प्रस्तुतिमा आफूलाई  ‘डिजिटल व्यक्ति’ का रूपमा भिक्टोरिया सी भनेर चिनाइन् । 

 प्रवक्ताले आफ्नो हातले इसारा गर्छिन् र बोल्दा आफ्नो टाउको हल्लाउँछिन् । सीले पढ्ने विज्ञप्ति भने एआईद्वारा सिर्जित नभएर ‘वास्तविक मानिसहरूद्वारा लिखित र प्रमाणित’ गरिएको हुने विदेश मन्त्रालयको प्रेस सेवाले एएफपीलाई बताएको छ । 

 युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले नयाँ प्रवक्तालाई ‘विश्वमा कुनै पनि कूटनीतिक सेवामा अहिलेसम्म नभएको प्राविधिक छलाङ’ भएको बताए। कूटनीतिज्ञहरूलाई ‘समय र स्रोतको बचतका लागि यसो गरिएको उनको भनाइ छ। सीको निर्माता द गेम चेन्जर्स नामक एक टोली रहेको छ । उक्त टोलीले युक्रेनको युद्धसँग सम्बन्धित भुर्चअल रियालिटी सामग्री पनि बनाएको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  ०९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update