Mero Chitwan
माल्दिभ्समा राष्ट्रपति मुइज्जुको पार्टीलाई संसद्मा बहुमत

एजेन्सी-माल्दिभ्समा राष्ट्रपति मोहम्मद मुइज्जुको पिपुल्स नेसनल कांग्रेस (पीएनसी) पार्टीले संसदमा बहुमत हासिल गरेको छ । पीटीआई र एएफपीका अनुसार मुइज्जुको पार्टी ९३ मध्ये ६० भन्दा बढी सिट जित्न सफल भएको हो । 

गत वर्ष सेप्टेम्बरमा मोहम्मद सोलिहलाई हराएर मुइज्जु राष्ट्रपति बनेका थिए । तर, अहिलेसम्म संसदमा मोहम्मद सोलिहको पार्टी माल्दिभियन डेमोक्रेटिक पार्टीको बहुमत थियो ।

माल्दिभ्समा हिजो भएको निर्वाचनमा दुई लाख मानिसले आफ्नो मताधिकार प्रयोग गरेको र ७२.९६ प्रतिशत मतदान भएको जनाएको छ । 

संसदको ९३ सिटका लागि १३० स्वतन्त्रसहित ३६८ जना उम्मेदवार मैदानमा थिए ।

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  ०९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update