Mero Chitwan
अमेरिकी टिकटक स्टार इभा इभान्सद्वारा झुण्डिएर आत्महत्या

एजेन्सी-अमेरिकाकी टिकटक स्टार इभा इभान्सले झुण्डिएर आत्महत्या गरेकी छन् । उनको शव न्युयोर्कस्थित अपार्टमेन्टमा झुण्डिएको अवस्थामा फेला परेको हो। 

घटनास्थलमा एउटा नोट फेला परेको बताइएको छ । उनको टिकटकमा ३ लाखभन्दा बढी फ्लोअर छन् भने इन्स्टाग्राममा झण्डै ३० हजार फ्लोअर छन् । इभान्सको मृत्यु पहिलो पटक उनकी बहिनी लिलाले इन्स्टाग्राममार्फत् घोषणा गरेकी थिइन्।

इभान्सको मृत्यु ३६ वर्षीया टिकटक स्टार काइल मारिसा रोथको निधन भएको केही दिनपछि भएको हो। रोथको मुख्य टिकटक एकाउन्ट गत महिना प्लेटफर्मबाट हटाइएको थियो भने उनले हालै अप्रिल ७ मा नयाँ एकाउन्टबाट पोष्ट गरेकी थिइन् । त्यसको केहीदिनमा उनले आफ्नो ज्यान लिएकी हुन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  ०९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update