Mero Chitwan
टी-ट्वेन्टी सिरिजको पहिलो खेलमा  आयरल्यान्डमाथि नेपाल ६ विकेटले विजयी

काठमाडौं : नेपाल र आयरल्यान्ड उल्भसबीचको टी-ट्वेन्टी सिरिजको पहिलो खेलमा नेपाल ६ विकेटले विजयी भएको छ ।

आयरल्यान्डले प्रस्तुत गरेको १२२ रनको लक्ष्य नेपालले १५ ओभर ४ बलमा पूरा गर्दै पहिलो खेलमा विजयी भएको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिलो ब्याटिङ रोजेको आयरल्यान्डले निर्धारित ओभरमा सबै विकेट गुमाएर १२१ रन जोडेको थियो ।

आयरल्यान्डका लागि स्टेफन डोहेनीले सर्वाधिक ४६ रनको योगदान दिए । लियम म्याकार्थी र थोमस मायसले समान १६ रनको योगदान दिए । यस्तै, फियोन ह्यान्डको ११ रनबाहेक अन्य ब्याट्समेनले दोहोरो अंक जोड्न सकेनन् ।

आयरल्यान्डलाई सस्तैमा समेट्न नेपालका गुल्शन झा, कुशल भुर्तेल र ललित राजवंशीले समाज २-२ विकेट लिए भने करन केसी र कुशल मल्लले १-१ विकेट लिए ।

नेपालले आयरल्यान्ड्स उल्भ्ससँग सिरिजअन्तर्गतको अर्को खेल भोलि खेल्नेछ ।

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update