Mero Chitwan
इण्डो–नेपाल टी–२०ः लखनउको लगातार दोस्रो जित

भरतपुर-भरतपुरमा जारी इण्डो–नेपाल टी–२० च्याम्पियनसिप क्रिकेट प्रतियोगितामा भारतका पिएसआर ग्रुप लखनउ र तालतला इन्स्टिटाइट कोलकाता विजयी भएका छन् । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना मैदानमा शनिबार भएको पहिलो खेलमा लखनउले बागमती प्रदेशलाई एक सय दुई रनको फराकिलो अन्तरले पराजित गर्‍यो । यो लखनउको लगातार दोस्रो जित हो ।

आजै भएको दोस्रो खेलमा तालतला इन्स्टिटाइट कोलकाताले मधेस प्रदेशलाई तीन विकेटले पराजित गर्‍यो । 

आजको जितसँगै लखनउ दुई खेलमा दुई जितपछि चार अङ्क बटुल्दै प्रतियोगिताको शीर्षस्थानमा छ भने एक खेलमा एक जितका साथ दुई अङ्कका साथ सुदूरपश्चिम दोस्रो, समान दुई अङ्क रहेको कोलकाता तेस्रो र दुई खेलमा एक जित र एक हारसहित दुई अङ्कका साथ भरतपुर मेयर्स चौथो स्थानमा रहेको । लगातार दुई हार व्यहोरेको मधेस प्रदेश र बागमती प्रदेश क्रमशः पाँचौँ र छैटौँ स्थानमा छन् । प्रतियोगिताको फाइनल खेल चैत १८ गते हुनेछ ।  

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  २२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update