Mero Chitwan
नख्खुबाट फर्किएपछि दाहालले भने- रवि लामिछाने दुब्लाएको देखेँ

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सहकारी ठगी प्रकरणमा पुर्पक्षमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भेटेका छन् । 

बुधबार अपराह्न ललितपुरको नख्खु कारागारमा पुगेर दाहालले लामिछानेसँग भेट गरेका हुन् । भेटपछि सञ्चारकर्मीलाई दाहालले भने, 'रवि लामिछाने दुब्लाएको देखेँ ।'

पूर्वप्रधानमन्त्री दाहालले अदालतले तोकेको धरौटी बुझाउँदा पनि लामिछानेलाई थुनामै राखेर राजनीतिक प्रतिशोध साँधिएको दाबी गरे । एमाले र कांग्रेसको रवैयाले आफ्नो पार्टीलाई फाइदै भएको रविको बुझाइ रहेको समेत दाहालले सुनाए ।

उनले उपसभामुख इन्दीरा रानालाई हटाउन खोज्नु पनि गलत रहेको बताए । सहकारी ठगीको आरोपमा पुर्पक्षका लागि रूपन्देही कारागारमा राखिएका लामिछानेलाई शनिबार नख्खु कारागार ल्याइएको हो ।

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  २२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update