लुम्बिनीमा मुख्यमन्त्री महरासहित तीन मन्त्रीले लिए शपथ
आइतबार, चैत २५, २०८०

गण्डकीको मुख्यमन्त्री नियुक्ती असंवैधानिक भन्दै सर्वोच्च जाँदै कांग्रेस
आइतबार, चैत २५, २०८०
गण्डकीमा मुख्यमन्त्री नियुक्ती प्रक्रिया असंवैधानिक भएको भन्दै नेपाली कांग्रेसले प्रदेश प्रमुख भट्टलाई पत्र बुझाएको छ ।

भरतपुरमा आजबाट अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु , प्रधानमन्त्रीले उद्घाटन गर्ने
आइतबार, चैत २५, २०८०
अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता आइतबारबाट भरतपुरमा सुरु हुँदै छ । विभिन्न ९ वटा विधामा हुने सो प्रतियोगिताको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रमका बिच उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ

ट्याक्टरको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु
आइतबार, चैत २५, २०८०
ट्याक्टरको ठक्करबाट रौतहटको गुजरा नगरपालिकामा एक १३ वर्षीय बालकको मृत्यु भएको हो । धनसारबाट जंगलसैयातर्फ आउँदै गरेको ना ७ त ७५७ नम्बरको धान काट्ने ट्याक्टरले गुजरा नगरपालिक-४ स्थित साइकलले बाटो काट्ने क्रममा १३ वर्षीय शेष सहनवाजलाई ठक्कर दिदा उनी गम्भीर घाइते भएका थिए

बैंकबाट निकालेर लैजाँदै गरेको १५ लाख ५० हजार रुपैयाँ लुटियो
आइतबार, चैत २५, २०८०
सिराहा सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालय नजिकै रहेको पेट्रोल पम्प अगाडिबाट १५ लाख ५० हजार रुपैयाँ लुटपाट भएको छ । आइतबार सिराहाको ग्लोबल बैंकबाट निकालेर लैजाँदै गरेको १५ लाख ५० हजार रुपैयाँ लुटिएको प्रहरीले जनाएको हो

काठमाडौँ महानगरमा गरिब घरपरिवार गणना सुरु
आइतबार, चैत २५, २०८०
गरिब परिवारलाई सरकारी सेवा सुविधा उपलब्ध गराउने सरकारको नीतिअनुसार महानगरपालिकाभित्रका गरिब घरपरिवार गणना गर्न आजदेखि सुरु गरिएको काठमाडौँ महानगरपालिका सामाजिक विकास विभागका तथ्याङ्क अधिकृत कृष्णराज तिवारीले जानकारी दिए ।

स्वास्थ्य बिमा कार्यक्रम आजदेखि ७ सय ५३ वटै स्थानीय तहमा बिस्तार
आइतबार, चैत २५, २०८०
आजदेखि मुलुकका ७ सय ५३ वटै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । काठमाडौंको बुढानीलकण्ठ नगरपालिकामा आज सुरु भएसँगै यसकाे दायरा सबै तहमा बिस्तार भएको हो ।
युवालाई रोजगारीसँग जोड्दै संगठन निर्माणमा लाग्न नेविसंघ केन्द्रीय सदस्य चापागाईंको आग्रह
आइतबार, चैत २५, २०८०
नेविसंघ बैठकमा बोल्दै चापागाईंले अब ‘राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकता’ को नाराले मात्र विद्यार्थी र युवा संगठनमा जोडिन सक्ने स्थिति नरहेको बताए । उनले अब ‘उद्यमशिलता, रोजगारी सृजना र आत्मनिर्भर अर्थतन्त्र निर्माणः आजको आवश्यकता’ भन्ने किसिमले नयाँ ढङ्गबाट संगठन निर्माणमा लाग्नुपर्ने सुझाव दिए ।
चितवनमा ४३ पत्रकार सम्मानित
शनिबार, चैत २४, २०८०
नेपाल पत्रकार महासङ्घ चितवनले ४३ जना पत्रकारलाई सम्मान एवम् पुरस्कृत गरेको छ । २०५६ अगाडि नेपाल पत्रकार महासङ्घको सदस्यता लिएर क्रियाशील एवं पूर्वअध्यक्ष गरी ३४ पत्रकारलाई सम्मान एवं विभिन्न विधामा नौ जनालाई पुरस्कृत गरिएको हो ।

उपनिर्वाचन २०८१ : इलाममा २० जनाको उम्मदेवारी, बझाङमा १२ प्रतिस्पर्धी
शनिबार, चैत २४, २०८०
नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, मंगोल नेसनल अर्गनाइजेसनसँगै स्वतन्त्र उम्मेदवारहरुले मनोयन दर्ता गराएका हुन् ।

पार्टीलाई एक्लै बहुमत ल्याउन सबै एक हौँ : सभापति देउवा
शनिबार, चैत २४, २०८०
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा पार्टीलाई एक्लै बहुमत ल्याउने गरी कम्मर कसेर लाग्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।

राष्ट्रिय मुक्ति आन्दोलनका कार्यकर्ता र प्रहरीबीच झडप ,५ जना घाइते
शनिबार, चैत २४, २०८०
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति आन्दोलनका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । राष्ट्रिय मुक्ति आन्दोलनको उपत्यका विशेष ष्रदेश घोषणापछि भद्रकाली क्षेत्रमा ब्यानरसहित महतोको नेतृत्वमा जनप्रदर्शन गरेको थियो

सबै मिलेर देशको अस्तित्व बचाउनतिर लागौं : पूर्वराजा ज्ञानेन्द्र शाह
शनिबार, चैत २४, २०८०
‘रोजगारीका लागि जन्मे-हुर्केको थातथलो छोडेर अन्यत्र बसाइसराइ गर्नुपर्ने बाध्यता छ । अर्कोको देशमा तातोको पीडा खेप्नुपर्ने अवस्था निम्तिएको छ,’ शाहले भने, ‘यो हिजो होइन । हामी बदलिरहेका छौं । परिवर्तन पीडादायी भए पनि सुखद हुने निश्चित छ । सबै मिलेर देशको अस्तित्व बचाउनतिर लागौं ।’