व्यवसायी अरुण चौधरी हाजिर जमानीमा रिहा

काठमाडौं । बाँसबारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुण चौधरी रिहा भएका छन् ।
चौधरीलाई बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि भन्दै प्रहरीले माघ १८ गते काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरेको थियो ।
तर उनीविरुद्ध किर्ते र ठगीमा भने अनुसन्धान जारी रहने जनाइएको छ । उनलाई गत १८ गते सी आई बिले पक्राउ गरेको थियो।
प्रकाशित मिति: बुधबार, माघ २४, २०८० १२:१७
प्रतिक्रिया दिनुहोस्