
काठमाडौं–आज ७ फेब्रुअरी । आजका दिन इतिहासमा के–के घटना भए ?
२०१३ : अमेरिकाको मिसिसीपी राज्य दास प्रथा औपचारिक रुपमा उन्मुलन गर्ने अन्तिम राज्य बन्यो ।
२०१२ : सेनाले प्रधानन्यायाधीश पक्राउ गरेको विरोधमा २३ दिन लामो सरकारविरोधी आन्दोलनपछि माल्दिभ्सका राष्ट्रपति मोहम्मद नासिदले पदबाट राजीनामा दिए ।
१९९९ : जोर्डनका राजा हुसेनको निधनपछि अब्दुल्लाह द्वितिय राजा बने ।
१९९० : सोभियत कम्युनिष्ट पार्टी केन्द्रीय कमिटीले शक्ति हस्तान्तरण गर्ने निर्णय गर्यो । यही निर्णयबाट सोभियत संघ विघटन भएको मानिन्छ ।
१९८६ : २८ वर्ष लामो शासनपछि हैटीका राष्ट्रपति जाँ क्लाउड डुभालिएर अमेरिकाको सहयोगमा फ्रान्स भागे ।
१९७४ : ग्रेनाडा टापु बेलायती उपनिवेशबाट स्वतन्त्र भयो ।
१९४० : एनिमेटेड फिल्म पिनोच्चिओको वर्ल्ड प्रिमियर भयो, जुन डिस्नेको प्रख्यात क्लासिक एनिमेसनमध्येमा पर्छ ।
१८१२ : विश्वप्रख्यात बेलायती उपन्यासकार चार्ल्स डिकेन्सको आजैका दिन जन्म भएको थियो । उनको मृत्यु भने १९८० मा ५८ वर्षको उमेरमा भयो ।