Mero Chitwan
यसरी नियन्त्रण गर्नुहोस् गर्भावस्थामा हुने हार्मोनल असन्तुलनलाई

गर्भावस्थामा महिलाको शरीरमा धेरै हार्मोनल परिवर्तनहरू हुन्छन्, जसका कारण महिलाले धेरै गम्भीर समस्याको सामना गर्नुपर्ने हुन्छ । गर्भावस्थामा हुने हर्मोनल परिवर्तनको प्रभाव सुत्केरीपछि पनि जारी रहन्छ। यो समस्या समाधानका लागि महिलाहरु अक्सर औषधि लिन्छन्। तर के तपाईलाई थाहा छ ? गर्भावस्थापछि हर्मोनल परिवर्तनहरू ठीक गर्न केही प्राकृतिक विधि अपनाउनु पनि फाइदाजनक हुन्छ।

थाहा पाऔं गर्भावस्थापछि शरीरमा हार्मोनल असंतुलनबाट बच्न के गर्नुपर्छ ? 

गर्भावस्थापछि शरीरमा हार्मोनल असन्तुलनबाट बच्न, राम्रो आहार र व्यायाम गर्नुपर्छ। स्वस्थ आहारले शरीरलाई रोगबाट बचाउन मद्दत गर्छ। गर्भावस्थामा महिलाको खानपान र शारीरिक क्रियाकलापलगायत धेरै कुराहरू परिवर्तन हुन्छन्। यसले शरीरमा प्रत्यक्ष असर गर्छ। गर्भावस्थापछि शरीरमा हर्मोन असंतुलन हुन सक्छ। यसबाट बच्न खानपान र जीवनशैलीमा विशेष ध्यान दिनुपर्छ ।”

हर्मोनल असन्तुलनका लक्षण
चिन्ता र तनाव

एक्लोपनि महसुस हुने

मुड स्वीङ हुने

कपाल झर्ने 

तौल बढ्ने

यौनेच्छा कम हुने

महिनावारी अनियमित हुने

अनुहारमा रौं आउने 

हर्मोन असन्तुलन नियन्त्रण गर्ने टिप्स
सन्तुलित आहार खानुहोस्

भिटामिन र मिनरल्सयुक्त आहार लिनुहोस्

व्यायाम गर्नुहोस् या दैनिक दौडनुहोस्

उच्च फाइबरयुक्त खाना खानुहोस्

धेरै बोसो, मिठाई र जंक फूड खानबाट बँच्नुहोस्

मोबाइल या कम्प्युटर स्क्रीनमा धेरै समय नबिताउनुहोस्

हरियो सागसब्जी खानुहोस्

शरीरमा हर्मोनको सन्तुलनका लागि खानपान र जीवनशैलीमा विशेष ध्यान दिनुपर्छ । यसका लागि दैनिक सन्तुलित मात्रामा पौष्टिक खाना खानुपर्छ । आफ्नो आहारमा ताजा फलफूल र तरकारीहरू समावेश गर्नुपर्छ । दैनिक पर्याप्त पानी पिउनुहोस् र पर्याप्त निदाउनुहोस् । 

(नोट : यो सामग्री जानकारीमात्र हो, स्वास्थ्य समस्या समाधानका लागि चिकित्सकको परामर्श लिनुहोला)

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  ०८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update