Mero Chitwan
नागढुङ्गा सुरुङ ब्रेक थ्रू हुन अब ३० मिटरमात्र बाँकी

काठमाडौं- चार वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०७६ सालमा  निर्माण थालिएको साढे दुई किलोमिटर लामो नागढुंगा-सिस्नेखोला सुरुङ मार्गको ब्रेक थ्रु हुन अब करिब ३० मिटर मात्र बाँकी छ । २०७६ कात्तिक ४ गते सुरुङको शिलान्यास भएको थियो । 

सुरुङको राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिले मंगलबार स्थलगत अनुगमन गरेको छ । समितिका सदस्यहरुले झिनामसिना समस्या समाधान छिट्टै गर्न सके आगामी वर्षसम्मभित्र नागढुङ्गा सुरुङमार्ग प्रयोगमा आउन सकिने बताएका छन् । यसका लागि सरकारी संयन्त्रको ध्यानाकर्षण गराइने र आवश्यक निर्देशन दिइने उनीहरुको भनाइ छ । 

nagdhunga-anugaman-1707236961.jpg

समितिका सभापति प्रकाश पन्थले निर्माण प्रगति सन्तोषजनक भए पनि समयभित्रै सञ्चालनमा ल्याउन विभिन्न स्थानका जनताको गुनासो र केही नीतिगत अप्ठ्यारो हटाउनुपर्ने बताए ।  “वारपार छिचोल्न  (सुरुङ ब्रेकथ्रु हुन)करिब ३० मिटर मात्र बाँकी रहेकोले  सुरुङमार्ग समयमै पूरा हुन्छ भन्ने हाम्रो धारणा छ, जतिसक्दो चाँडो काम सकेर त्यसलाई सञ्चालन गर्न सरकारलाई निर्देशन दिन्छौँ”, उनले भने । समितिले आवश्यक निर्देशन लिखितरुपमा दिने र कार्यान्वयन भए नभएको अनुगमनसमेत गर्ने जानकारी पनि उनले दिए । 

सभापति पन्थको नेतृत्वमा सुरुङमार्ग आयोजनास्थल पुगेको संसदीय टोलीमा समितिका सदस्य कमला पन्त, जगप्रसाद शर्मा, भुवनबहादुर सुनार, महेशकुमार महरा र विमला घिमिरे तथा संसद् सचिवालयका सचिव रोजनाथ पाण्डे र उपसचिव कान्छा दुलाल थिए । आयोजनाको परामर्शदातृ संस्था निप्पन कोइका इन्जिनियर रमेशप्रसाद कोइरालाले काठमाडौँको दहचोकदेखि धादिङको सिस्ने खोलासम्म दुई दशमलव ७ किलोमिटर सुरुङमध्ये अब मुख्य सुरुङतर्फको ३० मिटर मात्र खन्न बाँकी छ । 

सुरुङको रेस्क्यू टनेलको भने गत साउनमा ब्रेक थ्रू भएको थियो । 

सुरुङ वारपार भएपछि त्यसलाई पूर्णरुपमा सबल बनाउन कङ्क्रिटका कामलगायत अन्य काम गर्नुपर्ने र त्यसपछि सुरुङमार्गको सुरक्षा, सहज आवागमन र मानवीय सुरक्षाका लागि सुरुङभित्र दमकल, आकस्मिक उद्धार, सिसिटिभी क्यामेरा सञ्चार र सुरक्षा संयन्त्रजस्ता अत्यावश्यक सेवा एवं संरचनाको  व्यवस्था गराउनुपर्ने कोइरालाले बताए । 

इन्जिनियर कोइरालाले संसदीय समितिलाई सुरुङ पश्चिम प्रवेश विन्दुमा पर्ने धादिङको खत्री पौवास्थितकेही जमिनको जग्गाको मुआब्जा दिन कानुनी बाधा परेको जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  २२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update