राष्ट्रियसभाबाट पनि स्वीकृत भए पाँच अध्यादेश
बिहीबार, फागुन २२, २०८१
पूर्वराजालाई लक्षित गर्दै दाहालले भने- सामन्ती प्रेतहरूले टाउको उठाउन खोजे जनताले समाप्त पार्नेछन्
बिहीबार, फागुन २२, २०८१
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली जनताको बलबाट गलहत्याइए सामन्ती प्रेतहरूले टाउको उठाउने प्रयास गरे जनताकै बलबाट समाप्त हुने चेतावनी दिएका छन्।
प्रतिनिधिसभाबाट पाँच अध्यादेश स्वीकृत
बुधबार, फागुन २१, २०८१
सरकारले संसद्मा पेश गरेको एक महिनापछि ५ वटा अध्यादेश प्रतिनिधि सभाबाट बहुमतले स्वीकृत भएका छन् ।
भूमि अध्यादेशबाट सरकार पछि हटेपछि प्रतिनिधिसभामा आज ५ अध्यादेशमात्र पेश हुँदै
बुधबार, फागुन २१, २०८१
आजको बैठकमा अनिवार्य उपस्थित हुन नेकपा एमाले र नेपाली कांग्रेसले ह्विप नै जारी गरेका छन्। आज नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित विधेयक टेबुल गरिने कार्यसूची छ।
यी हुन् एमाले सचिवालय बैठकका निर्णय [पूर्णपाठ]
आइतबार, फागुन १८, २०८१
नेकपा एमालेको आइतबार सम्पन्न सचिवालय बैठकले ८ बुँदे निर्णय गरेको छ। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी कार्यालय च्यासलमा बसेको बैठकले ८ बुँदे निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
जनतासँग माओवादी अभियानका लागि माओवादी अध्यक्ष दाहाल फागुन २७ गते चितवन आउने
शनिबार, फागुन १७, २०८१
फाल्गुन २७ गते बिहान ठोरी, माडी हुँदै दिउँसो २ बजे भरतपुर २३ जगतपुरस्थित कार्यक्रममा अध्यक्ष दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको भरतपुर महानगर कमिटी अध्यक्ष इश्वर सापकोटाले बताए ।
आगामी संसद बैठकमा ६ वटै अध्यादेश पेश गर्ने सत्तारुढ दलको निर्णय
शुक्रबार, फागुन १६, २०८१
सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले आगामी संसद् बैठकमा भूमि सहित ६ वटा अध्यादेश पेस गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री ओलीले भने-आवश्यकता अनुसार प्रदेश घटबढ हुनसक्छ
शनिबार, फागुन १०, २०८१
आज श्रीमती राधिका शाक्यको आत्मकथा ‘करुणा’को लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा संरचनागत पक्षहरू बढी सुधार तथा हेरफेर हुनसक्ने बताए ।
एमाले खैरहनीको नगर अधिवेशन सोमबारदेखि
आइतबार, माघ २७, २०८१
नेकपा एमाले खैरहनी नगरकमिटीको दोस्रो नगर अधिवेशन यही माघ २८ र २९ गते हुँदैछ । आयोजकले आज आइतबार पत्रकार सम्मेलन गरी अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको र सोमबार पार्टी उपमहासचिव प्रदिप ज्ञवालीले उद्घाटन गर्ने जानकारी दिएको हो ।
कांग्रेसले जारी गर्यो जनप्रतिनिधिका लागि २९ बुँदे निर्देशिका [पूर्णपाठसहित]
बुधबार, माघ २३, २०८१
पार्टीका ७७ जिल्लाका सभापति र उपसभापतिको लागि पोखरामा आयोजना भएको दुई दिने अभिमुखीकरणको दोस्रो दिन बुधबार महामन्त्री विश्वप्रकाश शर्माले निर्देशिकाबारे जानकारी गराएका हुन् ।
औपचारिक रुपमै पार्टी राजनीतिमा फर्किए पूर्वउपराष्ट्रपति पुन
सोमबार, माघ २१, २०८१
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक रुपमै सक्रिय राजनीतिमा फर्किएका छन् । माओवादी केन्द्रको आर्थिक तथा उत्पादन विभागको जिम्मेवारी पाएसँगै उनी सक्रिय राजनीतिमा फर्किएका हुन् ।
संसद्मा प्रधानमन्त्रीको सम्बोधन : ९० दिनभित्र अध्यादेश संसद्बाट पारित नभए विकल्प खोज्ने चेतावनी
शुक्रबार, माघ १८, २०८१
प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले साझा धारणा बनाएर संविधान संशोधन प्रस्ताव गरिने बताएका छन् । उनले कांग्रेस र एमाले मिलेर स्थीर सरकार गठन भएकाले सबै क्षेत्रमा सरकारले गति लिएको दाबी गर्दै ९० दिनभित्र संसद्बाट अध्यादेश पारित नभए सरकारले विकल्प खोज्ने चेतावनीसमेत दिएका छन् ।
एमाले रत्ननगरको अधिवेशन शनिबारदेखि
शुक्रबार, माघ १८, २०८१
आइतबारसम्म चल्ने अधिवेशन रत्ननगर वडा नं १ सौराहाचोकस्थित होटल गंगोत्री हाइवेमा हुने नगरकमिटीले जनाएको हो । एमालेका वरिष्ट उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री इश्वर पोखरेलले अधिवेशनको उद्घाटन गर्नेछन् ।


