Mero Chitwan
भिजिट भिसा प्रकरणमा सरकारी छानबिन समिति रास्वपाद्वारा अस्वीकार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी- रास्वपाले भिजिट भिसा प्रकरणको अध्ययन र छानबिनका लागि सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समिति अस्वीकार गरेको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै पार्टी उपसभापति डा. स्वर्णीम वाग्लेले यस्तो बताएका हुन् । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो । 

उपसभापति वाग्लेले शंकरदास वैरागी सत्ताको सधैँ प्रिय पात्र रहेको भन्दै आफैं अनुसन्धानको राडारमा रहेको रहस्यमय पात्र भएको टिप्पणी गरे । उनले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको समेत परोक्ष सहभागिता रहेको आफ्नो पार्टीको निष्कर्ष रहेको उल्लेख गरे । उनले  मितिका पदाधिकारीहरूको पुनरावलोकन नगरे आफूहरुको आन्दोलन जारी रहने चेतावनी समेत दिए । 

रास्वपासँगै राप्रपाले समेत गृहमन्त्रीकै प्रस्तावमा गठन भएको यो समितिले निष्पक्ष छानबिन गर्न नसक्ने उनकाे भनाइ छ । 

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update