Mero Chitwan
नर्भिकद्वारा बुबाको मुख हेर्ने दिन र तीजलक्षित हेल्थ प्याकेज सार्वजनिक

काठमाडौ । नर्भिक इन्टरनेशनल अस्पतालले बुबाको मुख हेर्ने दिन तथा तीज पर्वका अवसरमा विशेष हेल्थ प्याकेज घोषणा गरेको छ ।

अस्पतालले बुबाको मुख हेर्ने दिनलाई लक्षित गर्दै विभिन्न परीक्षणमा ३५ प्रतिशत छुटसहितको ‘फादर्स प्याकेज’ सार्वजनिक गरेको हो । यस प्याकेजअन्तर्गत इएसआर, इसीजी, युरिक एसिड, लिपिड प्रोफाइल, सीबीसी, टोटल पीएसए, आरएफटी, एलएफटी, युरिन रुटिन, युएसजी एब्डोमिन एण्ड पेल्भिस, इको स्क्रीनिङ तथा चिकित्सक परामर्श रहेको छ । यो प्याकेजका लागि १५ हजार रुपैयाँ शुल्क रहेकोमा छुटपछि १० हजार रुपैयाँ कायम गरिएको छ ।

यस्तै, अस्पतालले 'तीज प्याकेज विथ युएसजी ब्रेस्ट' र ‘बेसिक तीज प्योकज’ पनि सार्वजनिक गरेको छ ।

'बेसिक तीज प्याकेज' मा सुगर ऱ्यान्डम, युरिक एसिड, लिपिड प्रोफाइल, युरिया, युएसजी एब्डोमिन एण्ड पेल्भिस, क्रियटिनिन, सीबीसी, छातीको एक्स–रे, इसीजी, युरिन रुटिन र चिकित्सक परामर्श रहेको छ । यो प्याकेजको शुल्क ७ हजार ५ सय रुपैयाँ रहेकोमा छुटपछि ६ हजार कायम गरिएको छ । 'तीज प्याकेज विथ युएसजी ब्रेस्ट' ९ हजार ६ सय रहेकोमा छुटपछि ७ हजार ५ सय रुपियाँ कायम गरिएको छ । 'तीज प्याकेज विथ म्यामोग्राफी डबल' मा २३ प्रतिशत छुटको व्यवस्था गरिएको  छ । यो प्याकेजको मूल्य १३ हजार रहेकोमा छुटपछि १० हजार रुपैयाँ कायम गरिएको छ । 

भदौ १ गते सुरु भएका हेल्थ प्याकेजहरु भदौ १५ सम्म सञ्चालन हुनेछन्।  छुटसहितको हेल्थ प्याकेज सेवा लिनका लागि ०१–५९७००३२ मा सम्पर्क गर्न अस्पतालले आग्रह गरेको छ ।

अस्पतालले विभिन्न चाडपर्वका अवसरमा स्वास्थ्य परीक्षण तथा परामर्श शुल्कहरुमा छुट प्रदान गर्दै आएको छ ।

teej-with-memography-1755451665.jpg

teej-with-usg-breast-1755451665.jpg

basic-teej-package-1755451663.jpg

fathers-package-1755451664.jpg

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  २३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update