Mero Chitwan
सुनसरीमा बस र माइक्रो ठोक्किँदा ३ को मृत्यु, १५ यात्रु घाइते

सुनसरी । सुनसरी–पूर्वपश्चिम राजमार्ग स्थित सुनसरीको भोक्राहनरसिंह गाउँपालिकाको फुल चौकमा भएको सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि १५ जना यात्रु घाइते भएका छन् । त्यसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ ।

आज बिहान ८ बजे बस र माइक्रो एक आपसमा ठोकिएका हुन् । प्रदेश २–०१–००१ ज ००४७ नम्बरको विराटनगर– राजविराज रुटको माइक्रो बस र मे १ ख १७९९ नम्बरको काँकडभिट्टा दिक्तेल चल्ने बस ठक्कर माइक्रो ठोक्किएको र घाइतेको जिल्ला अस्पताल इनरुवा र र सप्तकोशी न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको विस्तृत विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  १०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update