Mero Chitwan
बिपिनकी आमाले भेटिन् इजरायली राष्ट्रपति, शिघ्र रिहाइको पहल गरिदिन आग्रह

काठमाडौं– हमासद्वारा बन्धक बनाइएका बिपिन जोशीको रिहाइका लागि इजरायल पुगेकी आमा पदमा जोशीले इजरायली राष्ट्रपति आइजोग हर्जोगसँग भेटवार्ता गरेकी छन् ।  

आइतबार विपिनकी आमा पदमा जोशी, बहिनी पुष्पा जोशीका साथै इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले आज इजरायली राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । 

भेटवार्तामा विपिनकी आमाले छोराको शीघ्र रिहाइको लागि पहल गरिदिन इजरायली राष्ट्रपतिसमक्ष आग्रह गरेकी छन् । यस्तै विपिनकी बहिनी पुष्पाले आफ्नो दाजु(विपिन) एक विद्यार्थीको रूपमा इजरायल आएको बताउँदै रिहाइका लागि हरसम्भव पहल गर्न आग्रह गरिन् । 

त्यस अवसरमा राजदूत पण्डितले समेत पुनः विभिन्न तवरबाट पहल गरी विपिन जोशीको स्थितिको बारेमा जानकारी गराइदिन आग्रह गरे । राष्ट्रपतिले हरजगले विपिन आफ्नै नागरिक जस्तो लागेको बताउँदै रिहाइको लागि सरकार प्रयास गरिरहेको बताए । 

उनीहरुले इजरायली संसद्का अध्यक्ष अमिर ओहनासँग समेत भेटघाट गरी बिपिन जोशीको रिहाइको लागि आग्रह गरेका थिए ।

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  २३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update