Mero Chitwan
परराष्ट्र सचिव राईसँग भारतीय समकक्षी मिश्रीको भेट

काठमाडौँ — परराष्ट्र सचिव अमृत राईसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले भेटवार्ता गरेका छन् । आइतबार भएको द्विपक्षीय भेटवार्तामा पारवहन, व्यापार, विकास सहकार्यलगायतमा विषयमा छलफल भएको छ । 

‘भारत–नेपाल सहयोगको प्रगतिबारे समीक्षा गर्नुभयो । दुवैबीच द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने पहलहरू तथा आपसी चासोका अन्य विषयहरूमा व्यापक छलफल भयो,’ भारतीय विदेश मन्त्रालयले भनेको छ ।

'छलफलमा दुवै देशबीचको दृढ सम्बन्धलाई उजागर गर्दै पारवहन, व्यापार र विकास सहकार्य लगायतका विविध विषयहरू समेटिएका थिए,’ परराष्ट्र मन्त्रालये जनाएको छ ।

आइतबार बिहान काठमाडौं आइपुग्नुभएका मिश्रीले प्रधानमन्त्री, राष्ट्रपतिलगायतसँग उच्चस्तरीय भेटवार्ता गर्नुभएको थियो । 

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  २३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update