एनपिएल : सुदूरपश्चिम र विराटनगरको तेस्रो जित
सोमबार, मंसिर ८, २०८२
रहेनन् बलिउडका 'ही-म्यान' धर्मेन्द्र
सोमबार, मंसिर ८, २०८२
बलिउडमा ही-म्यानका रुपमा प्रख्यात दिग्गज अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ । उनको मुम्बईस्थित आफ्नै निवासमा निधन भएको हो । दुई साताअघि मात्रै धर्मेन्द्रलाई अस्पतालबाट घर फिर्ता ल्याइएको थियो ।
बाबुराम र जनार्दन फेरि एकै ठाउँमा, प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा
आइतबार, मंसिर ७, २०८२
नयाँ पार्टीमा जेन-जी अभियान चलाइरहेका अगुबामध्येकी एक ओजस्वी भट्टराईसहित दर्जनभन्दा बढी जेन-जी नेताहरू पनि सहभागी भएका छन् । वैचारिक राजनीतिक लाइन भने परिष्कृत मार्क्सवादसहितको नेपाली समाजवाद हुने घोषणा गरिएको छ ।
निर्वाचनमा जाने नेपाली कांग्रेसको निर्णय, संसद् विघटन भने अमान्य
शनिबार, मंसिर ६, २०८२
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज पार्टी केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन नै वर्तमान राजनीतिक अवस्थाको उचित निकास निर्वाचन नै भएकाले पार्टीले भाग लिने निर्णय गरेको हो ।
एनपिएल : विराटनगरको दोस्रो जित, कर्णाली याक्सद्वारा लुम्बिनी लायन्स पराजित
शनिबार, मंसिर ६, २०८२
नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणमा विराटनगर किंग्सले लगातार दोस्रो जित दर्ता गरेको छ । आज भएको दोस्रो खेलमा विराटनगरले काठमाडौँ गोर्खाजलाई पाँच विकेटले पराजित गर्दै जित निकालेको हो ।
भरतपुरको २१० किलोमिटर सडकमा ‘स्मार्ट बत्ती’
शुक्रबार, मंसिर ५, २०८२
भरतपुर महानगरपालिका क्षेत्रको २१० किलोमिटर सडकमा स्मार्ट बत्ती जडान गरिएको छ । दुई चरणमा गरेर मुख्य चोकमा १६ वटा ‘हाइमास्ट’ र ७५ वटा ‘मिनमास्ट’ बत्ती जडान गरिएको महानगरले जनाएको छ ।
एनपिएल : सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो
शुक्रबार, मंसिर ५, २०८२
नेपाल प्रिमियर लिग (एनपिएल)मा साविकको उपविजेता सुदूरपश्चिम रोयल्सले दोस्रो जित निकालेको छ । पोखरा एभेन्जर्सलाई १८ रनले हराउँदै सुदूरपश्चिमले दोस्रो जित दर्ता गरेको हो । यो जितसँगै सुदूरपश्चिम चार अङ्कसहित तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।
सिमरा घटनाको निष्पक्ष छानबिन गर्न जेन-जी र स्थfनीय प्रशासन सहमत
शुक्रबार, मंसिर ५, २०८२
बारा स्थानीय प्रशासन र जेन-जी प्रतिनिधिबीच आज भएको वार्तापछि तीन बुँदे सहमति गरिएको छ । बाराको पथलैयास्थित सशस्त्र प्रहरी बल नेपालको प्राविधिक तालिम शिक्षालयमा सम्पन्न वार्तामा सिमरामा उत्पन्न द्वन्द्व व्यवस्थापन गर्ने सहमति जुटेको हो ।
एमाले सचिवालय बैठक : महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन
बिहीबार, मंसिर ४, २०८२
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको ६०औँ सचिवालय बैठकले महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन गरेको बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
एनपिएल : लुम्बिनीको विजयी सुरूआत
बिहीबार, मंसिर ४, २०८२
राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले विजयी सुरूआत गरेको छ । लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटले हराएको हो ।
एनपिएल : सुदूरपश्चिमको विजयी सुरूआत
बुधबार, मंसिर ३, २०८२
नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम रोयल्सले विजयी सुरूआत गरेको छ । सुदूरपश्चिमले काठमाडौँ गोर्खाजलाई २९ रनले पराजित गर्यो ।
तनहुँमा बोलेरो जिप दुर्घटना : एकको मृत्यु, पाँच जना घाइते
बुधबार, मंसिर ३, २०८२
नहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँस्थित भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका चितवन जिल्ला इच्छाकामना गाउँपालिका–५ निवासी वर्ष ३१ का पुष्पलाल श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।
जेन-जी प्रदर्शनका घाइतेलाई सरकारले राहत उपलब्ध गराउने
मंगलबार, मंसिर २, २०८२
सरकारले सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएका दुई हजार ४२९ जनालाई जनही रु १५ हजार तत्काल राहत रकम उपलब्ध गराउने भएको छ । आजको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।


