Mero Chitwan
स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा रहन मन्त्रालयकाे निर्देशन

काठमाडौं । स्वास्थ्य मन्त्रालयले निर्वाचन अवधिमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। 

मन्त्रालयले आकस्मिक सेवालाई २४ घन्टै सुचारू गर्नसमेत निर्देशन दिएको छ । मन्त्रालयका अनुसार अस्पतालहरूलाई र्‍यापिड रेस्पोन्स गर्ने गरी तयारी अवस्थामा बस्न निर्देशन दिइएको हो । आकस्मिक सेवा २४ घन्टै खुला राख्न भनिए पनि बहिरंग सेवाबाट भने स्वास्थ्य संस्थाहरूले आफ्नो अनुकुलताअनुसार सेवा दिन सक्नेछन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिरामीको सेवामा संलग्न स्वास्थ्यकर्मीहरू निर्वाचन नखटिने तर प्रशासान, लेखालगायत कर्मचारीहरू भने खटिने छन् । औषधिलगायतका स्वास्थ्य सामग्रीहरूसमेत देशैभर आवश्यक मात्रामा भण्डारण गरेर राखिएको मन्त्रालयको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १५, २०८२  २२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update