Mero Chitwan
इरानको आक्रमणबाट युएईमा मारिनेमा गोरखा बोर्लाङका दिवस श्रेष्ठ

गोरखा : संयुक्त अरब इमिरेट्समा इरानको आक्रमणबाट गोरखाको भीमसेन थापा गाउँपालिका वडा नं ७ बोर्लाङ ठाँटीका दिवस श्रेष्ठको मृत्यु भएको छ ।

अबुधाबीस्थित नेपाली राजदूतावासले दिएको जानकारीअनुसार २९ वर्षीय दिवस श्रेष्ठको आइतबार मृत्यु भएको हो । उहाँ मिडल इस्ट कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत रहेको बताइएको छ ।

अबुधाविस्थित जायद अन्तरराष्ट्रिय विमानस्थलामा ड्रोन निष्क्रिय पार्ने क्रममा उहाँको निधन भएको खुलाइएको छ । राजदूतावासले मृतक श्रेष्ठको पार्थिव शरीर स्वदेश फर्काउन सहजीकरण गर्ने बताएको छ । 

प्रकाशित मिति: सोमबार, फागुन १८, २०८२  २३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update