Mero Chitwan
झापा–५ मा बालेन्द्र शाहको सर्वाधिक मतको रेकर्ड

चितवन- झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले सर्वाधिक मतको रेकर्ड कायम गर्नुभएको छ । 

उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ४९ हजार ६१४ मतले पराजित गर्नुभएको हो । यो कुनै पनि संसदीय निर्वाचनमा उम्मेदवारले पाएको सर्वाधिक मत हो । शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ७३४ प्राप्त गर्नुभएको छ । यहाँ श्रम संस्कृति पार्टीका समिर तामाङले नौ हजार २३३, नेपाली कांग्रेसकी मन्धरा चिमरियाले एक हजार ८२१, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद सङ्ग्रौलाले एक हजार ५३६ मत प्राप्त गर्नुभयो । 

यस क्षेत्रमा कुल एक लाख ६३ हजार ३७९ मतदाता रहेकामा एक लाख छ हजार ५६८ मत खसेको थियो । 

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  २३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update