मलेखु–मुग्लिन सडक तीन दिन राति छ घण्टा बन्द हुने
सोमबार, चैत १६, २०८२
पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकको इच्छाकामना खण्ड आजदेखि तीन दिनसम्म राति छ घण्टा पूर्ण रूपमा बन्द गरिने भएको छ ।
प्रवेश परीक्षा तयारी कक्षा र मापदण्डविपरीतका ‘ब्रिजकोर्स’ बन्द गरिने
सोमबार, चैत १६, २०८२
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्च शिक्षाका विभिन्न तह लक्षित कार्यक्रम प्रचलित कानुनबमोजिम सञ्चालन नभएको भए बन्द गर्न निर्देशन दिएको छ ।
चितवनमा ‘बर्डफ्लु’ पुष्टि, १८ हजार बढी कुखुरा नष्ट
सोमबार, चैत १६, २०८२
चितवनमा पन्छीमा देखिने बर्डफ्लु (एच–फाइभ एन–वान) सङ्क्रमण पुष्टि भएको छ । यहाँको भरतपुर महानगरपालिका–४ स्थित एक व्यावसायिक लेयर्स फार्म तथा नजिकैको एक लोकल कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भएको हो ।
अध्यक्ष ओली र नेता लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
आइतबार, चैत १५, २०८२
जिल्ला अदालत काठमाडौँले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस नेता रमेश लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना गरिँदै, कुन-कुन छन् सूचीमा ?
आइतबार, चैत १५, २०८२
सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन सुधारका लागि ठूला संरचनागत परिवर्तन प्रस्ताव गर्दै एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज, केही गाभ्ने तथा केही प्रदेश र स्थानीय तहमा हस्तान्तरण...
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ
शनिबार, चैत १४, २०८२
सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो ।
यस्तो छ १५ सदस्यीय मन्त्रिपरिषद्
शुक्रबार, चैत १३, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
गृह मन्त्रालयको सेवा एकद्वार प्रणालीमार्फत् प्रदान गर्ने गृहमन्त्री गुरुङको निर्णय
शुक्रबार, चैत १३, २०८२
नवनियुक्त गृहमन्त्री सुधन गुरुङले ‘भिआइपी मुभमेन्ट’का नाममा नागरिकले दुःख पाउने अवस्था अन्त्य गर्न आग्रह गर्नुभएको छ । गृह मन्त्रालयमा आज पदभार ग्रहण गरेपछि कर्मचारीलाई निर्देशन दिने क्रममा उहाँले परिवर्तनको सुरुआत...
प्रधानमन्त्री शाहलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई
शुक्रबार, चैत १३, २०८२
आज शाहले नेपालको प्रधानमन्त्री पदको शपथ लिएलगत्तै भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहलाई बधाई दिनुभएको हो ।
मौसम बदलीः सात मापन केन्द्रमा भारी वर्षा
शुक्रबार, चैत १३, २०८२
जल तथा मौसम विज्ञान विभागको विभिन्न क्षेत्रका वर्षा मापन केन्द्रहरूमा आज साँझ भएको अभिलेखअनुसार पछिल्लो २४ घण्टामा आज सल्यानमा सबैभन्दा बढी ७५.२ मिलीमिटर वर्षा भएको छ ।
मन्त्रिपरिषद्को पहिलो बैठकः जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
शुक्रबार, चैत १३, २०८२
नवगठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको घटनाको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । साथै बैठकले...
बालेन्द्र शाह नेपालको ४७ औं प्रधानमन्त्री नियुक्त
शुक्रबार, चैत १३, २०८२
उनी नेपालको ४७ औं प्रधानमन्त्री बनेका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् ।
रास्वपा संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
बिहीबार, चैत १२, २०८२
बैठकमा सभापति रवि लामिछानेले पार्टी वरिष्ठ नेता शाहलाई संसदीय नेताका रूपमा चयन गर्न गरेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको प्रवक्ता मनिष झाले जानकारी दिुनभयो ।
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की
बिहीबार, चैत १२, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउने कार्यभार पूरा गरेर केही सन्तुष्टि र धेरै आशा बोकेर आफू जिम्मेवारीबाट बिदा हुन लागेको बताउनुभएको छ ।
छानबिन आयोगको प्रतिवेदन : ओली, लेखक र खापुङलाई फौजदारी कसूरमा कारबाही सिफारिस
बुधबार, चैत ११, २०८२
जेन-जी आन्दोलनको घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई कारबाहीको सिफारिस गरेको छ ।
सौराहामा ‘फुड फेस्टिबल’ यही चैत १२ गतेदेखि
बुधबार, चैत ११, २०८२
पर्यटकीय नगरी सौराहामा २० औँ संस्करणको ‘फुड फेस्टिबल’ यही चैत १२, १३ र १४ गते आयोजना हुने भएको छ ।
एघार दिनमै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, काठमाडौँमा पेट्रोल प्रतिलिटर १८७ रुपैयाँ
बुधबार, चैत ११, २०८२
पछिल्लो पटक मूल्य वृद्धि गरेको ११ दिन नबित्दै निगमले आज मध्यरातदेखि लागू हुने गरी डिजेल/मट्टितेल र पेट्रोलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरेको छ । यसअघि निगमले यही चैत १...
मध्यपूर्वको सैन्य तनावको प्रत्यक्ष प्रभाव पर्यटन क्षेत्रमा
सोमबार, चैत ९, २०८२
मध्यपूर्वमा बढ्दो सैन्य तनावको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा देखिएको छ । हवाई यात्रा महँगो र असुरक्षित भएपछि नेपाल घुम्न आउन लागेका धेरै पर्यटकले यात्रा रद्द गरेका छन् ।
निपनीमा ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
सोमबार, चैत ९, २०८२
यहाँको रत्ननगर नगरपालिका–९ निपनीमा आज ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ का अन्दाजी ३५ वर्षीया मीना रेग्मी रहेकी छन् ।
प्रहरीको ‘घुमौँ चितवन’ कार्यक्रम सुरु
आइतबार, चैत ८, २०८२
जिल्ला प्रहरी कार्यालयले चितवनभित्र कार्यरत प्रहरीलाई एक ठाउँबाट अर्को ठाउँमा घुम्दै आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित ‘घुमौँ चितवन’ कार्यक्रम पुनः सुरु गरेको छ । युवापुस्ता जेनजी प्रदर्शन, निर्वाचनलगायत कारणले...