काठमाडौँ-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी छ । राति ११ बजेसम्म ९९ लाख ५४ हजार मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ४७ लाख ९१ हजार मत पाएको छ ।
नेपाली कांग्रेसले १६ लाख १० हजार ७९६, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले १३ लाख ४३ हजार, नेपाली कम्युनिष्ट पार्टीले ७ लाख २७ हजार , श्रम संस्कृति पार्टीले तीन लाख ४० हजार र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख १४ हजार मत प्राप्त गरेका छन् ।
पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ १६४ क्षेत्रको मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका १२५ उम्मेदवार विजयी भइसकेका छन् । कांग्रेस १८, एमाले ८, नेपाली कम्युनिष्ट पार्टी सात, श्रम संस्कृति पार्टी तीन, राष्ट्रिय प्रजातन्त्र पार्टी एक र स्वतन्त्र उम्मेदवार एक स्थानमा विजयी भएका छन् ।


