नेपाल एसीसी मेन्स यू-१६ इस्ट जोन कपको फाइनलमा
बिहीबार, असार १९, २०८२

बारामा जगदम्बा स्टिलको भट्टी पड्कियो
बुधबार, असार १८, २०८२
बाराको जितपुर सिमरा उपमहानगरपालिका २ स्थित जगदम्बा स्टिलको भट्टी पड्किएको छ । स्टिल उद्योगमा काम चलिरहेको बेला बुधवार राति भट्टी पड्किएको हो । भट्टी पड्केपछि त्यस क्षेत्रमा ठूलो आवाज सुनिएको छ ।

सरकारी सबै सुविधा त्यागका लागि गृह मन्त्रालयमा पूर्वराष्ट्रपतिको पत्र
बुधबार, असार १८, २०८२
गृह मन्त्रालयका उपसचिव एवम् सूचना अधिकारी रविन्द्र आचार्यले पूर्व राष्ट्रपतिको हैसियतमा प्राप्त हुने सबै सुविधा परित्याग गरेको पत्र प्राप्त भएको जानकारी दिएका छन् । उनका अनुसार पूर्वराष्ट्रपति भण्डारीलाई सुरक्षा सुविधा भने यथावत रहने छ ।

एसियन कप क्वालिफायर : श्रीलंकाविरुद्ध ८ गोलले नेपाल विजयी, कप्तान भण्डारीको ह्याट्रिक
बुधबार, असार १८, २०८२
नेपालको जितमा कप्तान सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । पहिलो हाफमा चार गोल गरेको नेपालले दोस्रो हाफमा तीन र अतिरिक्त समयमा एक गोल थप्यो ।

कालिका र राप्तीका विपन्न समुदायलाई नि:शुल्क मिटरबक्स वितरण
मंगलबार, असार १७, २०८२
नेपाल विद्युत् प्राधिकरण टाँडी वितरण केन्द्रले दुई हजार ४९७ परिवारलाई निःशुल्क रुपमा मिटरबक्स वितरण गर्न लागेको हो । केन्द्रका प्रमुख राजेन्द्रकुमार चौधरीका अनुसार कालिका–९, १० र ११ का बासिन्दामध्येका विपन्न समुदायलाई मिटरबक्स बाँड्न थालिएको छ ।

एसीसी मेन्स यू १६ इस्ट जोन कप : भुटानविरुद्ध नेपालको २९८ रनको शानदार जित
मंगलबार, असार १७, २०८२
रौनक श्रीवास्तवको शानदार शतकको मद्दतमा नेपालले एसीसी मेन्स अन्डर-१६ इस्ट जोन कपमा भुटानविरुद्ध शानदार जित हात पार्दै अपराजित रहेर सेमिफाइनलमा स्थान बनाएको छ । नेपालले भुटानलाई २ सय ९८ रनको फराकिलो अन्तरले पराजित गरेको हो । मलेसियामा जारी प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो । यस जितसँगै शतप्रतिशत नतिजा...

असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी
मंगलबार, असार १७, २०८२
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट सोमबार विधेयक पास गर्ने तयारी थियो । तर शिक्षकका मागका विषयमा विवाद भएपछि पास हुन सकेन । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले शिक्षक महासंघसँग वार्ता गर्नुपर्ने भएकाले विधेयक पास नगरी स्थगित गर्न समय मागेका थिए ।

सम्पत्ति शुद्धीकरण मुद्दामा नागार्जुनका निलम्बित मेयर बस्नेतलाई ११ वर्ष कैद
सोमबार, असार १६, २०८२
सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दामा नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई करिब ११ वर्ष कैद सजाय भएको छ । यस्तै ३१ करोड १८ लाख ६२ हजार १ सय ७८ रुपैयाँ जरिवानाको सजाय सुनाइएको छ ।
-1751305437.jpeg)
१४ औं महाधिवेशन नियमित समयमै गर्न कांग्रेसमा नेतृत्वलाई दबाब
सोमबार, असार १६, २०८२
नेपाली कांग्रेसको १४ औं महाधिवेशन नियमित समय २०८२ मंसिरमै गर्न नेतृत्वलाई दवाव परेको छ । नेता शेखर कोइरालाले नियमित समयमा नहुने हो भने त्यसको चित्तबुझ्दो कारण सभापति र पदाधिकारीले दिनुपर्ने माग गरेका छन् ।

प्रधानमन्त्री ओलीद्वारा अल्पविकसित मुलुकलाई सहायताका लागि विश्व समुदायलाई आह्वान
सोमबार, असार १६, २०८२

निजामती विधेयक प्रतिनिधि सभाबाट पारित, के-के छन् मुख्य व्यवस्था ?
आइतबार, असार १५, २०८२
प्रतिनिधिसभाबाट पारित यो विधेयकले मुलुकमा सङ्घीयता लागू भएपछि झण्डै १० वर्षसम्म देखिएका प्रशासनिक चुनौतीहरुलाई चिर्नेछ। सङ्घीयतामा प्रशासनको उचित व्यवस्थापन भई संविधानको कार्यान्वयन प्रभावकारी रुपमा अघि बढ्ने अपेक्षा गरिएको छ। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती विधेयकलाई लामो समयसम्म रौँ चिरा छलफल गरी सर्वसम्मतीले पारित गरेको थियो।

एएफसी महिला एसियन कप छनोटमा लाओसमाथि नेपालको ९–० को शानदार जित
आइतबार, असार १५, २०८२
यससँगै अग्रता बनाएको नेपालले पहिलो हाफको अन्तिम समयमा दोस्रो गोल गर्यो । यस पटक सरू लिम्बूले निकालेको पासमा अनिताको आकर्षक क्रसलाई स्किपर सावित्राले ६ यार्ड बक्सबाहिरबाट शानदार हेडर गरिन् । योसँगै पहिलो हाफमा नेपालले २-० को अग्रता बनाएको थियो ।