Mero Chitwan
सौराहामा २९औँ वन्यजन्तु सप्ताह सुरु
सौराहामा २९औँ वन्यजन्तु सप्ताह सुरु चितवनमा शनिबारदेखि २९औँ वन्यजन्तु सप्ताह २०८१ सुरु भएको छ । हरेक वर्ष वन र वन्यजन्तु संरक्षणमा दीर्घकालीन प्रभाव पर्ने प्रकृतिका गतिविधि आयोजना गरी मनाइँदै आइएको सप्ताहमा यस वर्ष पनि विभिन्न कार्यक्रम आयोजना गरिएको छ । 
एसीसी प्रिमियर कपमा नेपालको दोस्रो जित
एसीसी प्रिमियर कपमा नेपालको दोस्रो जित एसीसी प्रिमियर कपमा नेपालले कतारलाई ‍‍‍‍३२ रनले पराजित गरेको छ । नेपालले दिएको २११ रनको लक्ष्य पछ्याएको कतार १७८ रनमै समेटिएपछि नेपालले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको हो ।
लिंगो ढालेसँगै सकियो बिस्केट जात्रा
लिंगो ढालेसँगै सकियो बिस्केट जात्रा भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको प्रमुख आकर्षण मानिने लिङ्गो शनिबार साँझ ढालिएको छ । तान्त्रिक विधिअनुरूप पूजा अर्चना गरी साँझ लिङ्गो ढालेपछिे जात्रा सम्पन्न गरिएको हो ।  
नयाँ वर्षमा सौराहाका होटलमा शतप्रतिशत अकुपेन्सी
नयाँ वर्षमा सौराहाका होटलमा शतप्रतिशत अकुपेन्सी देशकै प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक चितवनस्थित सौराहा नयाँ वर्ष मनाउन आएका पर्यटकले भरिभराउ छ । सौराहाका सबै होटल शतप्रतिशत बुकिङ भएको व्यवसायीले बताएका छन् । 
चितवन राष्ट्रिय निकुञ्जमा गैंडाको आक्रमणबाट नेचर गाइडको मृत्यु
चितवन राष्ट्रिय निकुञ्जमा गैंडाको आक्रमणबाट नेचर गाइडको मृत्यु चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउन गएका नेचर गाइडको गैडाको आक्रमणबाट मृत्यु भएको छ ।
 आजको मौसम : कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा हुरीबतासको  सम्भावना
 आजको मौसम : कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा हुरीबतासको सम्भावना हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको  जनाउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी, कोशी, बागमती र मधेस प्रदेशलगायत राष्ट्रका पहाडी भागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने बताएको छ ।
पर्यटकीय ठमेल र दरबारमार्ग आजदेखि २४ सै घण्टा खुला
पर्यटकीय ठमेल र दरबारमार्ग आजदेखि २४ सै घण्टा खुला उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आचारसंहिता निर्माण गरि उक्त क्षेत्रलाई आज नयाँ वर्ष वैशाख १ गतेदेखि २४ सै घण्टा सञ्चालन गर्न लागेको हो ।
आजदेखि नयाँ वर्ष २०८१ सुरु, शुभकामना आदानप्रदान गरेर मनाइँदै
आजदेखि नयाँ वर्ष २०८१ सुरु, शुभकामना आदानप्रदान गरेर मनाइँदै आजदेखि नयाँ वर्ष २०८१ सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन आज देश-विदेशमा रहेका नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरेर मनाउँदै छन् । आज देशभर सार्वजनिक बिदा दिइएको छ ।
पर्यटकीय ठमेलमा नयाँ वर्षको स्वागत
पर्यटकीय ठमेलमा नयाँ वर्षको स्वागत काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा नयाँ वर्षको स्वागत गरिएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा शुक्रबार साँझ ‘न्यू इयर इभ’ कार्यक्रम आयोजना गरी नयाँ वर्ष २०८१ को स्वागत गरिएको हो ।
भाइको हत्या अभियोगमा दाइ पक्राउ
भाइको हत्या अभियोगमा दाइ पक्राउ शितगङ्गा नगरपालिका १२ रजिया बस्ने राजन भुसालको हत्या गरेको आरोपमा उनकै दाजु जनकराज भुसाललाई प्रहरीले पक्राउ गरेको हो। विदेश बस्दै आएका जनकराज १ महिनाअघि मात्र घर आएका थिए।
चितवनमा भोलिदेखि वन्यजन्तु सप्ताह
चितवनमा भोलिदेखि वन्यजन्तु सप्ताह चितवनमा भोलि बैशाख १ देखि २९ औं वन्यजन्तु सप्ताह सुरु हुने भएको  छ । हरेक वर्ष वन र वन्यजन्तु संरक्षणमा दीर्घकालीन प्रभाव पर्ने खालका गतिविधि आयोजना गरी सप्ताह मनाइँदै आएकोमा यस वर्ष पनि निरन्तरता दिइएको हो । 
Weather Update