समयमै ठेक्का सम्पन्न नगरेपछि चितवनको लोहनी एण्ड ब्रदर्स कम्पनी पनि कालोसूचीमा

काठमाडौं : ठेक्का लिएको काम समयमै सम्पन्न नगर्ने २२ वटा निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ।जस मध्ये चितवनको लोहनी एण्ड ब्रदर्स कम्पनी पनि परेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज ९सोमबार० सूचना जारी गर्दै २२ निर्माण कम्पनीलाई र आपुर्तिकर्ताहरुलाइ कालोसूचीमा राखिएको जानकारी दिएको हो।
कालो सूचीमा राखिएका निर्माण व्यवसायीरआपूर्तिकर्ताहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने कार्यालयले जनाएको छ।
प्रकाशित मिति: सोमबार, माघ १५, २०८० १७:१७
प्रतिक्रिया दिनुहोस्