Mero Chitwan
मेनुकाले पाइन् एआईजडित विशेष चश्मा, अब मानिस चिन्न र एक्लै हिड्न सक्ने 


काठमाडौं–इण्डियन आइडलको टप १० मा प्रतिस्पर्धा गरिरहेकी नेपाली गायिका मेनुका पौडेललाई आर्टिफिसियल इन्टलिजेन्स–एआई जडित विशेष चश्मा प्राप्त गरेकी छन् । उक्त चश्मामार्फत् उनले अब मानिस चिन्न र हिँड्न सक्नेछिन् । 

इण्डियन आइडलको आजको इपिसोडमा भारतीय चिकित्सकहरु नितिन र रोहनले उनलाई उक्त विशेष चश्मा दिएका हुन् । चश्मा पाएपछि मेनुकाले उक्त चश्मा लगाएरै प्रस्तुति दिएकी थिइन् । 

चश्मा लगाएपछि मेनुकाले एक्लै हिडडुल गर्न, पढ्न र सामुन्ने उभिएको मानिसलाई चिन्न सक्ने चिकित्सकले जनाएका छन् । 

menuka-2-1706460704.jpg

उक्त चस्मामा क्यामेरा जडान गरिएको छ । क्यामेराले फोटो खिच्ने र सेन्सरले उक्त इमेजबारे विस्तृत बताउँछ । चस्माको सेन्सरमा एआई जडान गरिएको छ । चस्माको साइडमा पाँच अक्षर पनि समावेश छन् । जसलाई थिचेर मेनुकाले काम पनि गर्न सक्छिन् ।

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  २२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update