Mero Chitwan
रमाइलो गर्ने स्थलको रोजाइमा राप्ती खोलाको किनार

हेटौँडा :  आजभोली मकवानपुर र आसपासका जिल्लाका बासिन्दाहरुको वनभोज खाने र रमाइलो गर्ने स्थलको रोजाइमा राप्ती खोलाको किनार लोकप्रिय हुदै गएको छ ।

बिशेष गरी बिदाका दिनहरुमा मकवानपुरसँगै आसपासका जिल्लाका बसिन्दाहरु मकवानपुरको भीमफेदाी गाउँपालिका पर्ने सामारी खोलादेखि भैंसेसम्मको खोलाको बगरमा जम्मा भएर वनभोज गर्ने ठूलै सङ्ख्यामा पुग्ने गरेका छन् । सामरी, बाघझोरा, त्रिखण्डीलगायतका राप्ती खोला किनारका बगरमा  बिदाका दिनमा मकवानपुरसँगै तराईका जिल्लाबाट वनभोज र रमाइलो गर्नेहरु भरीभराउ हुन्छन् ।

रमाइलो गर्न व्यक्तिगत मात्र होइन टोल छिमेक मिलेर त कतिपय संस्थागत रुपमा गैरसरकारी तथा सहकारी संस्थालगायत बाट आउने गरेको पाइन्छ । संस्थागत रुपमा पिकनिकदेखि साधारणसभा गर्नेहरुको समेत रोजाइको स्थल भन्दै गएको छ अहिले खोलाको बगर ।

त्रिखण्डी नजिकै रहेको बगरमा पिकनिक सेडसहित वनभोजका लागि आउनेहरुको सहजताका लागि पानी, शौचालय, विश्रामस्थललगायतको व्यवस्था गरिएको छ । उक्त स्थललाई पार्क अवधारणामा पालिका, सामुदायिक वन र स्थानीयले विकास गर्दै लगेका छन् ।

मकवानपुरसहित तराईका जिल्लाहरुबाट दर्जनौंको सङ्ख्यामा विद्यालय, कलेजलगायत सङ्घसंस्थाबाट पिकनिक आएकाहरुका कारण  सामरी, बाघझोरा, त्रिखण्डीलगायतका क्षेत्रको रौनक बढ्दै गएको छ  ।

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update