धरान उपमहानगरपालिकाले पनि खोल्ने भयो आविष्कार केन्द्र

सुनसरी : धरान उपमहानगरपालिकाले आफ्नै पहलमा आविष्कार केन्द्र खोल्ने भएको छ । आविष्कार केन्द्र स्थापनाका लागि धरानस्थित पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पससँग धरान उपमहानगरपालिकाले आज सम्झौता गरेको छ ।
उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ र पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसका प्रमुख काजिराम कार्कीबी स्थानीयस्तरमै आविष्कार केन्द्र खोल्न सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता अनुसार पहिलो चरणमा धरान उपमहानगरपालिकाले क्याम्पस हाताभित्र आविष्कार केन्द्रका लागि भवन निर्माण गर्नेछ भने दोस्रो चरणमा आविष्कार र अन्वेषणका लागि आवश्यक औजार, मेसिन खरिद तथा अन्य भौतिक पूर्वाधारको विकास गर्नेछ ।
प्रकाशित मिति: सोमबार, माघ १५, २०८० १६:४४
प्रतिक्रिया दिनुहोस्