Mero Chitwan
नेपालमा  हिउँदे वर्षा मंगलबारदेखि

काठमाडौं : नेपालमा यही मंगलबारदेखि हिउँदे वर्षा सुरु हुने भएको छ । यस वर्ष ढिला गरी पश्चिम नेपालबाट हिउँदे वर्षा सुरु हुने पूर्वानुमान रहेको छ ।

यो मौसम प्रणाली १ हप्तासम्म रहने र चिसो बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

धेरै वर्षा पश्चिम नेपाल र उच्च हिमाली भेगमा हुने देखिन्छ भने काठमाडौँलगायत पूर्वी भेगमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । यस वर्षको हिउँदमा लामो समय पानी नपर्दा कृषि चक्र नै प्रभावित हुन थालेको थियो ।

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update